Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/04/gagan-thapa.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काँग्रेस नेता थापा भन्छन्–प्रतिपक्षको भूमिका कमजोर भयो

काग्रेसका केन्द्रिय सदस्य गगन थापाले १३औ महाधिबेसनबाट पाटी नयाँ अध्यायमा जाने बताएका छन  ।
केन्द्रिय समितिमा दुई थरी एउटा निर्णय कर्ता र अर्को साक्षि बस्ने संस्कार छ त्यो १३ औ महाधिबेसनबाट अन्त्य हुने बताउनुभयो ।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले मंगलबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने  नेपाली काग्रेस मुलुककै सबै भन्दा पुरानो पाटी हो तर पनि संस्कार र संस्कृतीमा चल्न  अझै पनि सकेको छैन । पाटीलाई संस्थागत र ब्यबस्थापनको हिसाबले एमालले गत महाधिबेसनबाट फडको मारेको उहाले भन्नुभयो । एमालेका युवा तथा शसक्त नेताहरु नेतृत्व पक्तीमा पुग्नुभएको छ , उहाले भन्नुभयो ।

gagan-thapa
रिपोर्टर्स क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतमा भएको कार्यक्रममा उहाँले अब नेपाली काग्रेसले पनि एमाले झै पाटीलाई अग्रामी फडकको मार्ने बनाउनु पर्छ । उहाले वर्तमान सरकारको भूमिका प्रति कटाक्ष गर्दै सरकार बिहीनको आभाष भएको बताउनुभयो । जाजरकोट रोगले ग्रस्त छ, नत सरकारलाई त चासो भएन भएन प्रतिपक्ष दल समेत मस्त निद्रामा परेको उहाले बताउनुभयो । ठुला दुई दल मिलेर नेपालमा सरकार चलाए झै बिश्वको संसदीय तथा लोकतान्त्रिक ब्यबस्था नभएको नेता थापाले भन्नुभयो । एउटा ठुलो दलले सरकार चलाउने अर्को प्रतिपक्षमा बसे मात्र नागरिकले शुसानको अनुभूति गर्न पाउने  बताउनुभयो ।
अर्को प्रसङमा युवा नेता थापाले राज्य पुर्नसंरचनको बिषमया सिमाकंन र नामाकंनलाई अनुसूचिमा राखि अरु बिषयमा सहमति गरि जेठ १५ गते भित्र संबिधान जारि गर्ने तयारी भएको जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण सचिब बिमल गौतमले गर्नुभएको थियो ।
शरद रेग्मी

तपाइँको प्रतिक्रिया ।