Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/04/hatya1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

प्रहरीले पक्रन खोज्दा तीन तलाबाट खसेर मृत्यु

काठमाडौ, २९ चैत । जुवा खेलाएको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भाग्ने क्रममा तीन तलाबाट खसेर एकजनाको मृत्यृ भएको छ । कोटेश्वरको सहयोगीनगरमा तीन तलाबाट खसेर झपटबहादुर शाहीको मृत्यु भएको छ।

hatya
शाही अवकाशप्राप्त सरकारी कर्मचारी हुन् । उनले आफ्नै घरमा जुवा खेलाइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरले शनिबार दिउँसो छापा हानेको थियो । पक्राउ गर्न प्रहरी आएको थाहा पाएपछि उनी झ्यालबाट भाग्न खोजेका थिए ।
घरको टपबाट भाग्न खोज्दा चिप्लिएर उनी लडेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जुवा खेलिरहेको अवस्थामा अन्य १२ जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।
दुई खाल बनाएर जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका महानगरीय प्रहरी वृत्त बानेश्वरका इन्स्पेक्टर मञ्जित कुँवरले जानकारी दिए । खालबाट करिब २९ हजार ३० रुपैयाँ बरामद भएको उनको भनाइ छ ।
पक्राउ पर्नेमा एकनाथ चौलागाईं, द्रोणविक्रम थापा, जगत आचार्य, ढकबहादुर धमला, नारायणप्रसाद धमला छन् । त्यस्तै, प्रवीण कार्की, जगत खड्का, चन्द्र कार्की, मनोज भट्टराई, भोला गेलाल, देवी ओली र चिन्तामणि गौतम पनि पक्राउ परेका छन् ।

तपाइँको प्रतिक्रिया ।