बन्दबाट सर्वसाधारणलाई सास्ती (फोटो फिचर )

बन्दबाट सर्वसाधारणलाई सास्ती (फोटो फिचर )

काठमाडौँ, २४ चैत । एनेकपा (माओवादी)को नेतृत्वमा रहेको ३० दलीय मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दबाट सर्वसाधारण यात्रुले बढी सास्ती खेप्नु परेको छ ।
उपत्यकाबाहिरबाट रात्रिबसमा चढेर राजधानी प्रवेश गरेका यात्रु स्थानीय रुटका सवारीसाधन र ट्याक्सी नचल्दा गन्तव्यमा पुग्न नपाएर बिचल्लीमा परेका छन् ।त्यस्ता यात्रुहरु कलङ्की, बल्खु, कोटेश्वर, गौशाला, सातदोबाटो, चक्रपथ, चाबहिललगायत क्षेत्रमा ठूलो सङ्ख्यामा अन्योलमा परेका छन् ।

 11086970_615322708569917_367800078_o11144623_615323008569887_631720220_o11144744_615321135236741_2119069088_o

11127133_615321385236716_938868981_o

11137855_615322178569970_225964918_o

कोटेश्वर पुल नजिक जलाइएको ट्याक्सी  र जलेको हात र जलेको कपाल  देखाएर  रुदै गरेका चालक

साथमा रहेको झोलातुम्ला र केटाकेटीको व्यवस्थापन गरेर गन्तव्यमा पुग्न उनीहरुलाई निक्कै मुस्किल परिरहेको देखिन्छ । बन्दकर्ताले आज बिहान सबेरै कोटेश्वर क्षेत्रमा ट्याक्सी जलाउनुका साथै अन्य केही सवारीसाधनको तोडफोड गरेपछि सडकमा सवारीसाधन ज्यादै पातलो रुपमा गुडेको देखिन्छ ।

बन्दकोप्रभाव

Posted by kapanonline on Tuesday, 7 April 2015

 

 

आन्दोलनकारीबाट हुनसक्ने तोडफोडलगायत कार्यलाई निस्क्रिय तुल्याउन र शान्तिसुरक्षा कायम गर्न सडकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बन्द तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौँ उपत्यकाबाट अहिलेसम्म १५ आन्दोलनकारीलाई नियन्त्रणमा लिइसकेको महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट थाहाभएको छ ।

तपाइँको प्रतिक्रिया ।