प्रचण्डले भने–बन्द फिर्ता गर्न प्रस्ताव राख्छु

काठमाडौ, २४ चैत । उद्योग बाणिज्य महासंघको टोलीले विपक्षी मोर्चा संयोजक एवम एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर बन्द फिर्ता लिन आग्रह गरेको छ । दाहाल निवास पुगेको टोलीले बन्दका कारण निजी क्षेत्रले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै यस्तो आग्रह गरेको हो ।
महासंघ प्रतिनिधीसँगको भेटमा एमाओवादी अध्यक्ष दाहालले आज साँझ बस्ने ३० दलीय मोर्चा बैठकमा बन्द फिर्ता लिनको लागि प्रस्ताव राख्ने बताएको टोलीमा सहभागी महासंघ उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए ।

prachanda_
साथै, टोलीले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर बन्दका कार्यक्रम फिर्ता हुने वातावरण बनाइदिन आग्रह गरेको छ । भेटमा प्रधानमन्त्रीले सरकारको तर्फबाट बन्द फिर्ताको लागि पहल गर्ने आश्वासन दिएका थिए ।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले मंगलबारदेखि तीन दिन आमहड्ताल आह्वान गरेका छन् । आमहड्तालको पहिलो दिन राजधानीसहित देशभरको जनजीवन प्रभावित बनेको छ ।

तपाइँको प्रतिक्रिया ।