दक्षिण अफ्रिकामाथि भारतको शानदार जित

दक्षिण अफ्रिकामाथि भारतको शानदार जित

काठमाडौं, १० फागुन ।
विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकामाथि १ सय ३० रनले जीत हासिल गरेको छ । अष्ट्रेलियाको मेलबर्नमा भएको खेलमा भारत विजयी भएको हो । भारतले दिएको ३ सय ८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४० ओभरमा १ सय ७७ रन बनाउँदा अलआउट भयो । यो जितपछि भारत लगातार दुई खेलमा विजयी भएको छ । दक्षिण अफ्रिकाले अघिल्लो खेलमा जिम्बाब्बेलाई हराएको थियो ।206585-300x197
दक्षिण अफ्रिकाका फाप डु प्लेसिसले ५५, एबी डे भिल्लियर्सले ३०, डेभिड मिल्नर र हासिम अम्लाले २२/२२ रन जोडे भने वाइन पार्नेलले नटआउट १७ रनजोडे । अरु ब्याट्सम्यानले भने दोहोरो अंकको रन जोड्न सकेनन् ।
वलिङतर्फ भारतका रविचन्द्र आश्विनले ३, मोहम्मद सामी र मोहित शर्माले २र२ तथा रविन्द्र जडेजाले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७ रन जोडेको थियो । ओपनर रोहित शर्मा शून्य रनमा आउट भएपनि शिखर धवनले १ सय ७४ रन जोडेपछि भारत सम्मानजनक स्कोर जोड्न सफल भएको हो ।
दक्षिण अफ्रिकाका मर्ने मोर्केलले २ तथा वाइन पार्नेल, डेल स्टेन र इम्रान ताहिरले १र१ विकेट लिए ।

तपाइँको प्रतिक्रिया ।