महाबौद्धमा आगलागी, लाखौँ बराबरको सामान जलेर नष्ट

महाबौद्धमा आगलागी, लाखौँ बराबरको सामान जलेर नष्ट

DSC09443

कपन अनलाइन\माघ १७, २०१७
राजधानीको व्यस्त बजार महाबौद्धमा शनिबार मध्यान्हमा भएको आगलागी झण्डै २ घण्टापछि नियन्त्रणमा आएको छ । मध्यान्हको १२ बजे भएको उक्त आगलागीबाट लाखौँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको बताइएको छ । जुद्ध बारुण यन्त्रका दुई दमकल, नेपाल प्रहरी र नेपाली सेनाको एक÷एक दमकलले मिलेर निभाएको उक्त आगोले व्यावसायिक प्रयोजनको घरको तीन तल्ला पूर्ण रुपमा क्षतिग्रस्त बनाएको थियो ।

महाबौद्धस्थित साउ चोकमा अवस्थित लक्ष्मणमान श्रेष्ठ र विरेन्द्रमान श्रेष्ठको पाँचौँ छैठौँ र सातौँ तल्लामा लागेको आगो निभाउन २८ अग्नि नियन्त्रकहरू जुटेका थिए । जुद्ध बारुण यन्त्रका प्रमुख किशोर कुमार भट्टराईले छैटौँ तल्ला बिजुली सर्ट भई आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । पाँचौँ, छैठौँ र सातौँ तल्ला गरेर चाइनिज सामानको गोदाम, खेलौनाको गोदाम र विद्युतीय सामाग्रीको गोदाम जलेर नष्ट भएको प्रहरी स्रोतले बतायो । घटनाबाट भएको क्षतिसम्बन्धी पूर्ण विवरण नआएको भएपनि आगलागीबाट लाखौँको क्षति भएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।