एमाओवादी विनानै प्रश्नावली समितिको बैठकबाट कार्यविधि निर्माण समिति गठ्न

एमाओवादी विनानै प्रश्नावली समितिको बैठकबाट कार्यविधि निर्माण समिति गठ्न

एमाओवादी लगायतका मोर्चाले सहभागिता नजनाएपनि प्रश्नावली निर्माणका लागि गठित प्रस्ताव समितिको शनिबार बसेको बैठकले कार्यविधि निर्माणका लागि एक उपसमिति गठन गरेको छ।

काठमाडौं, माघ १७ – एमाओवादी लगायतका मोर्चाले सहभागिता नजनाएपनि प्रश्नावली निर्माणका लागि गठित प्रस्ताव समितिको शनिबार बसेको बैठकले कार्यविधि निर्माणका लागि एक उपसमिति गठन गरेको छ ।CA-building-Dark-cloud

नेपाली कांग्रेसका सभासद् रमेश लेखकलाई संयोजकत्वको जिम्म दिइएएको छ जसमा किरण यादव, भानुभक्त ढकाल, श्रीमाया थकाली, दीपक बोहोरा, दिलनाथ गिरी र अतर कमाल मुसलमान सहितको सात सदस्यीय उपसमिति गठन गरेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काका अनुसार उपसमितिलाई भोली आइतबार दिउँसो १ बजे बस्ने बैठकमा कार्यविधि पेस गर्न भनिएको छ । आजको बैठकको सभापतित्व नेपाली कांग्रेसका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले गरेका थिए ।

बैठकले एमाओवादीसहितका विपक्षी दललाई पनि समितिमा सहभागी हुन आहृवान गरेको खड्काले जानकारी दिए । ७३ सदस्यीय समितिमा सत्तापक्षका ४९ जना छन् भने बाँकी सदस्यहरु एमाओवादी नेतृत्वमा रहेको मोर्चाका हुन् ।

संविधान निर्माणका प्रकृया र एमाओवादी लगायतका दलहरुलाई सहमतिमा ल्याउने कार्य सँगसँगै अगाडी बढाउने भन्दै सत्तापक्षले आजको बैठक अगाडी बढाएको हो ।

तपाइँको प्रतिक्रिया ।