Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/Untitled-12.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

निर्मल कुइँकेल तथा सुशील नाहटासहित नौजना विरुद्ध ४६ करोड भ्रष्टाचारको मुद्धा

कपन अनलाइन\माघ १०, २०७१

अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिवहरू निर्मल कुइँकेल तथा सुशील नाहटासहित नौजना विरुद्ध ४६ करोड ५६ लाख ८७ हजार एक सय ५८ रुपैयाँ ४६ पैसा बिगो–दाबीसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Untitled-1

 

 

एमाले काठमाडौँ अध्यक्ष समेत रहेका निर्मल  कुइँकेल तथा नेपाली कांग्रेसका महासमिति सदस्य सुशील  नाहटासहित काठमाडौंका तत्कालीन स्थानीय विकास अधिकारीहरू महेन्द्रलाल श्रेष्ठ, गोपालप्रसाद पराजुली तथाप्रेमराज जोशी,कोषका उपनिर्देशक राजकुमार रेग्मी, योजना अनुगमन तथा प्रशासकीय अधिकृत भीष्मकुमार मल्लएवं खानी उत्खननकर्ता बच्चुराम दाहाल र मिठुराम दाहालविरुद्ध मुद्दा दायर गरिएको हो । मुद्दा दायर भएसँगै स्थानीय विकास अधिकारीलगायत सबै सरकारी अधिकारी निलम्बनमा परेका छन् ।

अख्तियारका अनुसार २०६३ देखि २०६८ सम्मको अवधिमा कोषको गुरुयोजना बनाउने नाममा अनियमितता भएको थियो । अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले पशुपति क्षेत्रको विकासका नाममा ठूलो भ्रष्टाचार भएको पाइकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए । नेपालमा सामाजिक, प्रशासनिक तथा राजनीतिक मात्रै नभई धार्मिक क्षेत्रमा पनि ठूलो भ्रष्टाचार हुने गरेको तथ्य पशुपति क्षेत्रमा भएको भ्रष्टाचारले उजागर गरेको प्रवक्ता सापकोटाले बताए ।

अख्तियारले भ्रष्टाचार गरेको रकमको बिगो भराउन माग गर्दै एकदेखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ । यो प्रकरणमा बालुवा उत्खननकर्ता बच्चुराम दाहालसँग सबैभन्दा बढी ३८ करोड ३८ लाख ३७ हजार आठ सय ३४ रुपैयाँ बिगो दाबी गरिएको छ । यसैगरी तत्कालीन सदस्य–सचिव निर्मल कुइँकेलले एक करोड ६८ लाख २९ हजार एक सय ९४ रुपैयाँ तथा अर्का सदस्यसचिव सुशील नाहटाले एक करोड ९२ लाख ७८ हजार एक सय ३८ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारको छ ।

 

तपाइँको प्रतिक्रिया ।