कपालबाट थाहापाउनुहोस् मानिसको स्वभाव

कपालबाट थाहापाउनुहोस्  मानिसको स्वभाव

मानिसको केश व्यक्तिपिच्छे भिन्न हुन्छ । मानिसमा जन्मदै केशको रुप, रंग आफ्नो खालको हुन्छ भने स्वयमका आनिबानी एवं शौखले केशको ढाँचा फरक देखिन्छ । त्यसो भए कस्तो केश भएका मानिस कस्ता हुन्छन त ? जसका केश पातलो छ ऊ बुद्धि र विवेकको धनी हुन्छ । बुद्धि र विवेकलाई पन्छाएर यसले कहिल्यै कुनै काम गर्दैन । त्यसैले होला पातलो केश हुनेलाई भाग्यमानीको श्रेणीमा राख्ने गरिन्छ ।

Silky-Long-Hair-300x206

हल्का पहेँलो केश भएका मानिस मृदुभाषाी हुँदैनन् । यस्ता मानिस चलाख त हुन्छन् नै साथसाथै कडा मिजासका समेत हुन्छन् । भेँडाको ऊनजस्तो केश घुम्रिएका मानिसहरु आत्मकेन्द्रित स्वभावका हुन्छन् । आत्मकेन्द्रित स्वभावले उनीहरुलाई धुर्त र महत्वाकांक्षी बन्न प्रेरित गर्दछ । सरल केश भएका व्यक्तिहरु आत्मकेन्द्रित हुँदैनन् । उनीहरु अरुलाई समेत ध्यान दिन्छन्।

उनीहरु मिजासिला हुनुका साथै रमाइला प्रवृत्तिका हुन्छन्। महिलाहरुको हकमा पातलो कालो एवं चम्किलो केश भएकाहरु भावनात्मक प्रकृतिका हुन्छन् । केश बिन्यासको ढाँचासमेत मानिसको आन्तरिक प्रवृत्ति झल्काउँछ । केही मानिस केशलाई अस्तव्यस्त राख्छन् । त्यस्ता मानिसहरु अरुका बारेमा त लापरबाही गर्छन् नै आफ्नै बारेमा पनि सजग हुँदैनन्। छोटो चिटिक्क परेको केश राख्ने मानिसहरु संकल्पर दृढताले भरिपूर्ण हुन्छन् । उनीहरुको व्यक्तित्व पनि बहुप्रतिभाशाली हुन्छ । एजेन्सी

तपाइँको प्रतिक्रिया ।