पिकेले ६ सय करोडभन्दा धेरै कमायो

पिकेले  ६ सय करोडभन्दा धेरै कमायो

कपन अनलाइन\माघ १, २०७१

बलिउडमा सबैभन्दा बढी आम्दानी गरिसकेको पिकेको बक्स अफिस कलेक्सन अझै पनि पछिल्ला रिलिजभन्दा राम्रो रहेको जनाइएको छ । राजकुमार हिरानीद्वारा निर्देशित पिके फिल्म रिलिजको तीन साता बितिसक्दा पनि बक्स अफिसमा कलेक्सनमा धमाका मच्चाइरहेको छ ।

0a75cc99e87499017020b70321097767_L

 

एलियनको भूमिकामा देखिएका अमिर खानले इण्डियामा उत्रेर त्यहाँको वातावरणसँग भिज्न गर्नुपरेको संघर्षलाई मुख्य कथावस्तु बनाइएको फिल्मले रिलिज अगाडि नै धेरै चर्चा बटुलेको थियो । न्युड फोटोमा रेडियो बोकेको पोस्टर सार्वजनिक भएपछि विवादमा परेको पिके फिल्म रिलिजपछि पनि धार्मिक आस्थामा चोट पुगेको भन्दै अवरोध सिर्जना भएका थिए । भारतमा ३ सय करोड व्यापार गर्ने पहिलो फिल्म बनेको पिकेको सबै कलेक्सनलाई जोड्दा ६ सय करोड नाघेको समाचार स्रोतहरूले जनाएका छन् । भारतमा ४ सय ५१ करोड कमाइ गरेको पिकेले भारतबाहिर भने १ सय ५१ करोडभन्दा धेरै उठाएको थियो ।

 

डिसेम्बर १९ तारिखमा रिलिज भएको पिके फिल्मले बक्स अफिस कलेक्सनमा नयाँ इतिहास रचेको छ । पिकेभन्दा अघि यसराज चोपडाको निर्देशन रहेको अमिर खानकै धूम—३ ले ५सय ४२ करोड कमाउँदै रेकर्ड राखेको थियो । बलिउडमा अहिलेसम्म सर्वाधिक कमाउने फिल्मको सूचीमा अमिर खानकै तीन वटा फिल्म र शाहरूख खानको दुई ओटा फिल्म रहेका छन् । शाहरुख खान अभिनित ‘चेन्नई एक्सप्रेस’ले ४ सय २२ करोड, अमिर खानकै ‘थ्री इडियट्स’ले ३ सय ९५ करोड र शाहरू खान अभिनित ‘ह्याप्पी न्यू एयर’ले ३ सय ८३ करोड आम्दानी गर्दै बक्स अफिस कलेक्सनको दृष्टिले क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थान सुरक्षित गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।