नेकाको बुढानीलकण्ठ नगर समिति बन्यो, विनोद चालिसे नगर सचिव बने

नेकाको बुढानीलकण्ठ नगर समिति बन्यो, विनोद चालिसे नगर सचिव बने

1-DSC_0151

कपन अनलाइन\माघ १, २०७१

नवगठित बुढानीलकण्ठ नगरपालिकाको लागि नेपाली काँग्रेसले आफ्नो समिति चयन गरेको छ । नेपाली काँग्रेस केन्दि«य समितिको परिपत्रलाई लागु गर्दै १८ सदस्यीय समिति रहने गरी नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिकाको संरचना तयार भएको हो । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ४ र ५ का ६ वटा गाविसहरु मिलेर बनेको यस नगरपालिकाको संयोजकको जिम्मेवारी न्हुच्छेनारायण श्रेष्ठ र रमेस खड्कालाई तोकिएको छ । जिम्मेवारी प्राप्त गर्ने दुवै जना क्रमशः निर्वाचन क्षेत्र नं ४ र ५ का नेपाली काँग्रेसका क्षेत्रीय सभापति समेत हुन् । त्यसैगरी महांकाल गाविसका सभापति गणेश कोइराला र खड्का भद्रकाली गाविसका सभापति राजेन्द« महर्जनलाई उपसंयोजकको जिम्मेवारी दिइएको छ ।

1-DSC_0061नगर सचिव पदमा साविकको कपन गाविस इकाई सभापति विनोद चालिसे र बुढानिलकण्ठ गाविसका इकाई सभापति राजु खड्कालाई चयन गरिएको छ । त्यसैगरी सहसचिवमा चुनिखेल गाविस सभापति रामलाल श्रेष्ठ, कोषाध्यक्षमा चपली भद्रकाली सभापति सानु श्रेष्ठ चयन भएका छन् । १८ सदस्य रहने भनिएको नगर समितिमा १० जना सदस्यहरु भने चयन हुन बाँकी रहेको नवगठित नगर समितिका सचिव विनोद चालिसेले जानकारी दिए । समितिको पूर्णता केही दिनभित्र हुने चालिसेले बताए । सचिव चालिसेका अनुसार चाँडै नै बुढानीलकण्ठ नगरको सम्पूर्ण वडाहरुमा वडा संयोजकको जिम्मेवारी दिने तयारी भईरहेको छ ।

यसै सन्र्दभमा साविकको कपन गाविस अन्र्तगत पर्ने नगरपालिकाको १२ नं वडामा नारद घिमिरे १३ नं वडामा राधेश्याम कार्की र १४ नं वडामा टंक सापकोटालाई वडा संयोजकको जिम्मेवारी दिइने सम्भावना रहेको स्रोतले कपन अनलाइनलाई बताएको छ ।

तपाइँको प्रतिक्रिया ।