पेनाङमा १७ मा डिसेम्बरमा एकल गजलवाचन कार्यक्रम

पेनाङमा १७ मा डिसेम्बरमा एकल गजलवाचन कार्यक्रम

कपन अनलाइन, १४ मंसिर, २०७३/दिनेश खड्का “खप्तडी”/मलेशिया

15271608_1837266033177477_1979221965_o

उदाउँदो तारा साहित्य समाज पेनाङ मलेसियाले पहिलो पटक साहित्यिक ‘एकल बाचन ‘सुरु गर्ने भएको छ । २००९ मा स्थापित यस समाजले  मलेसियाको पेनाङमा नेपाली साहित्यिक सर्जकहरुलाई एउटै ठाउँमा उभ्याएर साहित्यका बिभिन्न बिधाका साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

उदाउँदो  साहित्य समाजले बिगतमा अनेकौँ उदाहरणीय कामहरू पनि सम्पन गर्दै आएको छ । कार्यक्रमको पहिलो शृङ्खलामा जाजरकोटबासी हाल पेनाङ मलेसिया कार्यरत साहित्यकार दिप दर्शन को “एकल गजल बाचन” प्रस्तुति रहेको समाजले बताएको छ । यस कार्यक्रमको प्रायोजन पोखरा किचन रेष्टुरेन्ट बुकित जाम्बुल,गरेको छ । भने उक्त कार्यक्रम १७ डिसम्बर २०१६ का दिन पोखरा किचन रेष्टुरेन्ट,पेनांङ, मलेसियामा हुनेछ ।आयोजक उदाउँदो तारा साहित्य समाजले मलेसिया रहेका सबै लाई उपस्थित हुन अपिल समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया ।