मेलामा रू १० करोड बराबरको कारोबार

मेलामा रू १० करोड बराबरको कारोबार

कपनअनलाइन, काठमाडौँ, १४ मङ्सिर ।

नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १४औँ हस्तकला व्यापार मेला तथा १२औँ हस्तकला प्रतियोगितामा रू १० करोड बराबरको आर्थिक कारोबार भएको छ ।

1234

यही मङ्सिर १० गतेदेखि आजसम्म जारी मेलामा करिब दुई लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

त्यसैगरी उत्कृष्ट प्याभिलियनतर्फ सवा नेपाल नामक संस्थाले रू एक लाख पुरस्कार प्राप्त गरेको छ । उत्कृष्ट बिक्री कक्षतर्फ आरजेस बेतबाँस फर्निचर लघुउद्योग राजापुर बर्दियाले रू २५ हजार पुरस्कार प्राप्त गरेको छ ।

वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले उत्कृष्टलाई पुरकार प्रदान गर्दै नेपाली हस्तकलाको विश्व बजारमा राम्रो माग भएको बताउँदै यसको उत्पादनलाई बढाउन सरकारले उद्यमीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले आर्थिक विकासका क्रममा निर्यात व्यापारमा अग्रणी भूमिका रहेको बताउँदै यसलाई देशभर फैलाउन सकेमा ठूलो रोजगारी सिर्जना हुने र गरिबी निवारणको सहयोग पुग्ने बताउनुभयो ।

महासङ्घको अभिलेखअनुसार गत आर्थिक वर्षमा हस्तकला निकासी करिब पाँच अर्ब बराबरको रहेको छ । सो क्षेत्रले करिब ११÷१२ लाख व्यक्तिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्रदान गरेको बताइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।