दसैँमा डेढ सय सवारी दुर्घटना

काठमाडौँ, ३० असोज ।

दसैँका अवधिमा राजधानीमा करिब डेढ सय सवारी दुर्घटना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखानुसार गत वर्ष असोज १५ गते घटस्थापनादेखि २९ गते पूर्णिमासम्मका अवधिमा एक सय ४६ दुर्घटनामा १० जनाको मृत्यु, छ गम्भीर घाइते र एक सय ११ जना सामान्य घाइते भएका छन् ।

ट्राफिक प्रहरीले दसँैका अवधिमा १४ हजार छ सवारी साधनलाई कारबाही गरेको छ । गत वर्ष सो अवधिमा तीन हजार पाँच सय ३२ मात्रै कारबाहीमा परेका थिए ।
मापसे, ट्राफिक नियम उल्लङ्घन र बढी भाडा असुल्ने तथा क्षमताभन्दा बढी यात्रु राख्नेहरु यस पटकको दसैँ अवधिमा कारबाहीमा परेका हुन् ।

मापसेमा मात्रै एक हजार दुई सय ९१ जना कारबाहीमा परेका छन् बढी भाडा लिने लामो दूरीका १४ सवारी साधन र ६० ट्याक्सीलाई कारबाही गरिनाका साथै दुई जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

तुलनात्मक रुपमा गत वर्षको असोजभन्दा यस वर्ष सवारी दुर्घटना बढी भएको छ । गत वर्ष तीन सय २८ सवारी दुर्घटना भएकामा यस वर्ष तीन सय ८९ सवारी दुर्घटना भएको छ । असोज महिनाभर मृत्यु हुने १३ र गम्भीर घाइतेको सङ्ख्या १७ तथा सामान्य घाइते २९३ जना छन् । रासस

तपाइँको प्रतिक्रिया ।