अन्तर वडा कप फुटबलको फाइनल खेल वडा नं ५ र ६ बीच हुने

अन्तर वडा कप फुटबलको फाइनल खेल वडा नं ५ र ६ बीच हुने

14615618_1174841782577767_7307390544631156012_o

कपन अनलाइन, २१ असोज, २०७३

दोस्रो बुढानिलकण्ठ नगर अन्तर वडाब्यापी फुटबल प्रतियोगिताको आज हुने फाइनल खेल बुनपा वडा नं ५ र वडा नं ६ बीच हुने भएको छ । अन्तर वडा कपको हिजो भएको सेमीफाइनलका खेलहरुमा    वडा नं ३ र वडा नं ६ बीच भएको भिडन्त निर्धारित समय सम्म गोल रहित बराबरी भएको थियो | दुवै टिमले केहि राम्रा मौका पाए पनि मौकाको सदुपयोग भने गर्न सकेनन् । सो  खेल पेनेल्टी तर्फ मार्फत वडा न ६  जित्यो ।  त्यसै गरी अर्को सेमिफाइनल खेलमा  डिफेन्डिङ च्याम्पियन वडा नं ५ ले वडा नं ४ लाई २ का बिरुद्ध १ गोलले पराजित गर्दै फाइनल आफ्नो स्थान सुनिस्चित गर्यो |

तपाइँको प्रतिक्रिया ।