अन्तरवडा कप फुटबलको उद्घाटन खेल वडा नं ७ ले जित्यो

अन्तरवडा कप फुटबलको उद्घाटन खेल वडा नं ७ ले जित्यो

fut

कपन अनलाइन, १६ असोज, २०७३

दोश्रो बुढानिलकण्ठनगर अन्तर वडा ब्यापी फुटबल प्रतियोगिता २०७३ को उत्घाटन खेल मा बु.न .पा ७(team green) ले बु .न .पा  १३ माथि ४ -० गोल अन्तरले बिजयी हुदै उपाधिको दाबेदारी देखाएको छ | बिजयी टिमको लागि सबिन सापकोटा को पासमा सोम थापा ले खेल को ७औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए |  खेलमा बु.न.पा १३ ले पनि केहि राम्रो मौका सिर्जना गरेको भए पनि गोल गर्न सकेन ।

 ४६औं मिनेटमा रबि चन्द्र थापाले team greaan को अग्रता दोब्बर परेका थिए । सोम थापाले ६०औ मिनेटमा गोल गर्दै team green को जित सुनिस्चित गरे | परिवर्तित खेलाडी राधाकृष्ण नगरकोटी ले ६८ औ मिनेट मा गोल थापे ।  खेलको उत्कृष्ट खेलाडी  बु न पा १३ का आशिक थापा मगर घोषित भएका थिए | राईजिंग स्टार ग्रुपका संस्थापक सन्तोष कुमार राई ले उत्कृष्ट खेलाडी आशिक लाई म्याम अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए | असोज १६ गते हुने  खेल बुनपा ५ ग र  बुनपा २ बीच हुने आयोजन बुढानिलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीले कपन अनलाइनलाई बताए ।

shi

यसअघि बुनपाको प्रतिष्ठितखेलको रूपमा लिइएको अन्तर वडा कप फुटबलको उद्घाटन श्रम तथा यातायात मन्त्री रमेश लेखकको हातबाट भएको थियो । कार्यक्रममा बुनपा कार्यकारी अधिकृत विश्वराज मारासैनीसहित नगरका दलीय सहजीकरण समिति सदस्यहरूको साथमा धेरै स्थानीय राजनीतिक कार्यकर्ताहरूको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।