ठाकुरप्रसाद खकुरेल केन्द्रिय सदस्य भए

ठाकुरप्रसाद खकुरेल केन्द्रिय सदस्य भए

djlfjdskfjd

कपन अनलाइन, ७ भदौ, २०७३

कपन तथा आसपासका क्षेत्रमा कम्युनिस्ट राजनीतिका परिचायक बनेका ठाकुरप्रसाद खकुरेल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बनेका छन् । पूराना नेता खकुरेल शिक्षक पृष्ठभूमिबाट राजनीतिमा सक्रियहुँदै यो उचाईमा पुगेका हुन् । कपन तथा आसपासमा तत्कालिन अवस्थामा माले तथा एमालेको राजनीतिलाई बिस्तार गर्न विशेष योगदान दिएका ठाकुर खकुरेललाई बौद्धिक नेताको रुपमा पनि लिइन्छ ।

खकुरेल केही विशेष असन्तुष्टि प्रकट गर्दै अढाई वर्षअघि एमाले छाडेर एमाओवादी प्रवेश गरेका थिए । खकुरेल माओवादी केन्द्रको केन्द्रिय सदस्य बने लगत्तै कपन तथा आसपासबाट राजनीतिक गर्नेहरुमध्ये ठूला पार्टीको केन्द्रिय सदस्य बन्ने पहिलो व्यक्ति बनेका छन् । यसअघि कपन तथा वुनपाबाट सामान्य कार्यकर्ताबाट केन्द्रिय सदस्यसम्म बन्ने व्यक्ति नभएको बताइएको छ । खकुरेल केन्द्रिय सदस्य बनेपछि यस भेकमा माओवादी केन्द्रको राजनीति नयाँ उचाइमा पुग्ने आशा गरिएको एक माओवादी केन्द्रका कार्यकर्ताले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।