राजुविक्रम थापाको नेतृत्वमा नेपाल फुटभलि टिम थाइल्याण्ड प्रस्थान

राजुविक्रम थापाको नेतृत्वमा नेपाल फुटभलि टिम थाइल्याण्ड प्रस्थान

13180842_1103975762993299_173467278_n

कपन अनलाइन, बैशाख ३०, २०७३

नेपाल फुटभलि टिम नवौँ अन्तर्राष्ट्रिय फुटभलि च्याम्पियनसिपका लागि थाइल्याण्ड प्रस्थान गरेको छ । नेपालका लागि नयाँ मानिएको फुटभलिका लागि अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा ४ खेलाडि तथा २ अफिसियलसहितको टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरिएको हो । नवौँ अन्तर्राष्ट्रिय फुटभलि प्रतियोगितामा १६ देशका सहभागिता रहनेछ । सहभागि देशहरुमा नेपालसहित, भारत, सिङ्गापुर, थाइल्याण्डलगायत देशहरु रहनेछन् । नेपाल फुटभलि एसोसियनका अध्यक्ष मनिष जोशी तथा महासचिव बद्रिदामोदर भट्टराईले टोलीलाई विदाई गरेका थिए । एसोसियसनका उपाध्यक्ष तथा कोच राजुविक्रम थापाको नेतृत्वमा टोली थाइल्याण्ड प्रस्थान गरेको हो । टोल जेठ १ र २ मा प्रतियोगितामा भाग लिएर ३ नेपाल फर्किनेछ ।

तपाइँको प्रतिक्रिया ।