निर्वाचन क्षेत्र नम्बर ४ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

निर्वाचन क्षेत्र नम्बर ४ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

कपन अनलाइन /निर्वाचन क्षेत्र नम्बर ४ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता एक भव्य कार्यक्रमका बीच जोसेफ हाई स्कूलमा सम्पन्न भएको छ ।

12592039_1014701351930096_747534599_o
जिल्ला खेलकूद विकास समिति (जिखेविस) काठमाडौं र जोसेफ हाई स्कूलको संयुक्त आयोजनामा गत माघ १० गते आईतबारबाट ३ विधामा शुरु भएको प्रतियोगितामा भलिबल, कबड्डी, ज्याम्बिलिङ्ग, सट–पुट, हाई जम्प, ट्रिपल जम्प, लङ्ग जम्पका साथै १००, २००, ४००, १००० र ३००० मिटर दौड समावेश गरिएको थियो ।

 

12596813_1014702705263294_1486743357_o
नेकपा एमालेका सांसद डा. राजनप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको समापन प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रमुख अतिथि लगायत अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, एमनेष्टि इन्टरनेशनल नेपालका अध्यक्ष सूर्य बहादुर अधिकारी, नेपाल बक्सिङ्ग संघका महासचिव दिपक गुरुङ्ग, ओलम्पियन पुष्पराज ओझा, जिखेविस अध्यक्ष ध्रुवराज न्यौपाने तथा उपाध्यक्ष दामोदर भट्टराई (बद्री) लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

जोसेफ हाई स्कूल टिम च्याम्पियन

12633116_1014712695262295_759757780_o

निर्वाचन क्षेत्र नं ४ स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागि ११ वटा विद्यालयहरु मध्ये सबैभन्दा बढि २०५ अंक सहित बूनपा १२, मिलनचोक, कपनमा रहेको र प्रतियोगिता आयोजक जोसेफ हाई स्कूल टिम च्याम्पियन बनेको छ । उसले कबड्डी, ४ ह् ४०० रिले दौड, ट्रिपल जम्प, ४०० मिटर दौड, लङ्ग जम्पमा प्रथम र अन्य थुप्रै खेलमा दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
फोटो सौजन्य ः रोशन बुढाथोकी

तपाइँको प्रतिक्रिया ।