कपनका सडक विस्तार हुदै, सडकमा पर्ने घरजग्गा भत्काउन आग्रह

कपनका सडक विस्तार हुदै, सडकमा पर्ने घरजग्गा भत्काउन आग्रह

कपन, माघ १३ गते । बूढानिलकण्ठ नगरपालिका अन्र्तगतका सडकहरु विस्तार हुने भएको छ । काठमाडौं सडक विस्तार आयोजनाबाट विस्तार निर्माण गर्न टेण्डर आव्हान पनि भइसकेकोले अव नगरपालिका क्षेत्रका सडक छिट्टै विस्तार हुन लागेको हो ।
नगरपालिकाले सडक विस्तार हुन लागेका क्षेत्रहरुमा पर्ने घर जग्गा धनीहरुले आ–आफ्ना घर टहरा पर्खाल हटाई सहयोग गर्न समेत आग्रह गरेको छ । घर परेका अवस्थामा नियमानुसार क्षतिपुर्ति माग गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणमा सप्रमाण सम्पर्क गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

Sadak Nagar
सडक विस्तार अन्तर्गत महांकालको ओरालो हुँदै भृकुटीचोक, फैका, चुनिखेल, चपलि, बुढानिलकण्ठसम्मको आठ मिटर सडक विस्तार हुन लागेको हो । यसैगरी बूढानिलकण्ठदेखि शिवपुरी पानी मुहानसम्मको आठ मिटर, काठमाडौं महानगरपालिका वडा नं. ४ देखि कपन मार्गसम्मको आठ मिटर र साततल्लेदेखि आकाशेधारा हुदै बालुवाखानीसम्मको आठ मिटर सडक विस्तार हुन लागेको हो ।

तपाइँको प्रतिक्रिया ।