किर्तिपुर नगरपालिकामा हाल सम्म १० जना कोरोना संक्रमितको मृत्यु

कपन अनलाइन

काठमाडौं मंगसिर ११। किर्तिपुर नगरपालिकाले मंगसिर १० गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ । जसमा किर्तिपुर नगरपालिकामा हालसम्म ११२० जनामा कोरोना संक्रमण भएको उल्लेख गरिएको छ। जस मध्ये १००३ जनाले कोरोना जितेको र कोरोनाको कारण १० जनाको मृत्यु भएको पनि जनाएको छ। त्यसैगरि नगरपालिकाले वडा गत रुपमा कोरोना संक्रमितको संख्या समेत सार्वजनिक गरेको छ ,जसमा

वडा नं १मा १० जना

वडा नं २ मा १४ जना

वडा नं ३ मा ६  जना

वडा नं ४  मा १६ जना

वडा नं ५ मा १२ जना

वडा नं ६  मा १५ जना

वडा नं ७  मा १ जना

वडा नं ८ मा ५ जना

वडा नं ९ मा ११ जना

वडा नं १०  मा १७ जना

हाल सम्म ४७ जना महिला र ६० जना पुरुष गरि  कुल १०७जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।हाल सम्म होम आइसोलेसनमा १०१जना रहेको र अस्पतालको आइसोलेसनमा ६ जना रहेको पनि उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।