Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/127772765_703539587259328_5487667693403504892_n-e1606303605180.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काठमाडौं महानगरपालिका वडा नं ७ का योजनाहरुका वारेमा डा. राजन भट्टराई र प्रमुख विद्या सुन्दर शाक्य विच छलफल

कपन अनलाइन

काठमाडौं ,मंसिर १०।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य संग महानगरपालिकाको वडा नं ७ का विभिन्न योजनाहरुका वारेमा छलफल गरेका छन ।काठमाडौं क्षेत्र नं ४ अन्तर्गत रहेको वडा नं ७ मानिर्माण भैरहेका र थप गर्नुपर्ने भौतिक पूर्वाधार निर्माणका वारेमा छलफल गरिएको थियो।सो छलफलमा महानगरका  प्रमुख प्रकाशकीय अधिकृत राजेश्वर ज्ञवाली पनि सहभागी रहेका थिए।

नेकपा काठमाडौं महानगर कमिटिका अध्यक्ष निर्मल देउला ,काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष सुद्ध डंगोल ,वडा सदस्य निर्मला पुडासैनी सहित गएका डा. भट्टराईले सो वडामा दिर्घकालिन महत्वका ठुला योजनाहरुको निर्माणको पहल गर्न आग्रह गरेका थिए।

सो छलफलमा काठमाडौं महानगरपालिका वडा नं ७ र ८ मा रहेका चक्रपथ बाहिरका क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारका लागि प्रक्रिया शुरु भएको जानकारी दिदै डा.भट्टराईले गोपीकृष्ण -तिलगंगा सुरुङ मार्ग निर्माणका लागि नेपाल सरकारले पत्राचार गरेको र समय अनुकुल हुने वित्तिकै अध्ययन शुरु हुने बताएका थिए।

सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले वडालाई निर्माण सम्पन्न गर्नुपर्ने सबै सडकको एकमुस्ट विवरण उपलव्ध गराउन वडा अध्यक्ष डंगोललाई निर्देशन दिदै वडाले गौरव गर्न सक्ने ठुलो योजना प्रस्ताव गर्न आग्रह गरेका थिए।

सो अवसरमा वडा अध्यक्ष डंगोलले चावहिल क्षेत्रमा आकाशेपुल र सुविधा सम्पन्न पार्किंग स्थल निर्माणका लागि प्रस्ताव गर्ने जानकारी दिएका थिए भने वडाको पुरानो मुख्य पूर्वाधारका रुपमा रहेको कालोपुलमा मोटरेवल पुल निर्माणको पहल गर्न डा.भट्टराईलाई आग्रह गरेका थिए।

उक्त  छलफलमा ठुला पूर्वाधार संगै चावहिल -मित्रपार्क क्षेत्रको सडक सौन्दर्यिकरण ,पशुपति मित्र मावीको जग्गा संरक्षण तथा उपयोग ,पुरानो मालपोत अगाडिको सडक कालोपत्रे ,मैजु बहाल सडक कालोपत्रे तथा पार्क निर्माण ,रिभेरा -सुकुम्वासी टोल सडक तथा ढल निर्माण,चावहिल विद्युत सव स्टेसन -सरस्वती नह्गर सडक कालोपत्रे ,ओम अस्पताल -शान्ति गोरेटो बाटो ढलान लगायतका योजनाहरुलाई तत्काल अगाडी बढाउने वारेमा पनि छलफल भएको थियो।

 

 

 

तपाइँको प्रतिक्रिया ।