मोलुंग मान्द्रे दोभान पुलमा फोटो खिचाउने नेताको हुल र रमिता हेरिरहेका पिडित जनता
कपन अनलाइन
ओखलढुंगा,मंसिर १०/पुन्यराज पुडासैनी
ओखलढुंगा जिल्लाको मोलुंग गाउँपालिका मान्द्रे दोभानमा रहेको पुल अहिले कुनै चर्चित पर्यटकीय केन्द्रको सेल्फी पोइन्ट जस्तै फोटो खिचाउने स्थल बनेको छ। ठेक्का लागेको १० वर्ष भैसक्दा पनि निर्माणाधीन अवस्था रहेको यो पुलमा जिल्ला आउने जुनसुकै नेताहरु अनि एक पटक पुगेर फोटो खिचाउदै ठेकेदारलाई हल्का गालि गरेर फर्किने गरेका छन।
अझ रोचक पक्ष त् एउटा राजनीतिक दलका नेता पुगेर फोटो खिचाए लगत्तै अर्को दलका नेता आफ्नो दलबल सहित सो पुल पुगेर अस्थिपन्जरलाई राजनीतिक बजारमा खपतका लागि पठाउने गरेका छन।
उक्त पुलमा पुगेर फोटो सेसन गर्दै ठेकेदारलाई हल्का चेतावनी दिए जस्तो गर्ने नेताहरुको हुल देख्दा स्थानीय पिडित जनताहरु भने अहिले चोटिलो व्यंग्य गर्न थालेका छन।
मोलुङ र सुनकोसी गाउँपालिका जोड्ने मान्द्रे दोभानको पुल निर्माणको जिम्मा लिएको राजेन्द्र–लोकप्रिय जेभीले अलपत्र परेको सो पुलमा आफ्नो दलबल सहित आएर फोटो सेसन गर्नेमा ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार ,प्रदेस नं १ का भौतिक पूर्वाधार विकास राज्य मन्त्रि अम्बिर बाबु गुरुङ,नेपाली कांग्रेसका नेता रामहरी खतिवडा ,नेकपा ओखलढुंगाका अध्यक्ष तथा प्रदेस सभा सदस्य मोहन खड्का ,नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सभापति प्रदिप सुनुवार आदि अग्र पंक्तिमा रहेका छन।
सुरुमा ३ करोड ३२ लाख ५५ हजार लागतमा ठेक्का सम्झौता भएको सो पुलको लागत बढेर ५ करोड ६९ लाख पुगिसक्दा पनि सो पुल निर्माणको ठेक्का पाएको कम्पनीका ठेकेदार डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदलाई खास दवाव दिन नसकेको एक स्थानीय बाताउछन। यसो वेला वेलामा आएर फोटो खिचाउदै रमिता गर्नु भन्दा आवस्यक कारवाही वा निर्माणका लागि दवाव दिन सके राम्रो हुने उनको सुझाव रहेको छ।
पटक पटक विभिन्न बहाना बनाउदै पुललाई अलपत्र छाडेका ठेकेदारका प्रतिनिधिलाई एक पटक पक्राउ गरीएता पनि उनि छुटे पछी पनि पुलको अवस्था भने उस्तै रहेको छ।
२०७६ सालको असोज महिनामा पनि अन्तिम पटक भन्दै जिल्लामा बसेको सर्वपक्षीय बैठकले पुलको निर्माण कार्य सकाउन ठेकेदार कम्पनीलाई २०७६ सालको चैत मसान्त सम्मको लागि अन्तिम समय दिएपनि पुलको पिल्लर मात्र उठाएर ठेकेदार कम्पनि हराएको थियो।
स्विस सरकारको सहयोगर स्थानीय सडक पुल परियोजना (एलआरबीपी) प्राविधिक सहयोगमा निर्माण हुने सो पुल नबन्दा त्यस क्षेत्र भएर आवत जावत गर्ने यात्रु मात्रै मारमा परेका छैनन् जिल्लाको पश्चिमी क्षेत्रको विकास समेत प्रभावित भएको छ।
८० मिटर लम्बाइ र पाँच मिटर चौडाइको सो पुल अलपत्र नबन्दा त्यस क्षेत्र भएर आवत जावत गर्ने सपना बोकेका स्थानीयहरुलाई भने बेला बेलामा हुने नेताहरुको फोटो सेसन प्रतिस्पर्धाले केहि भने पनि मनोरन्जन दिएको एक स्थानीय शिक्षकले तिखो टिप्पणी गरेका छन।