Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/123240616_3715981595131083_7388151631152134101_o-e1606358845182.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कोरोना परास्त गरि जनसेवामा सक्रिय नागार्जुन नगरपालिका उप प्रमुख शुशिला अधिकारी

कपन अनलाइन

काठमाडौँ, मङ्सिर १०।कोरोना जिते  संगै नागार्जुन  नगरपालिका उप प्रमुख शुशिला अधिकारी बिभिन्न काममा सक्रिय भएकी छिन  जनसेवामा  कार्यरत रहदै गर्दा उप प्रमुख अधिकारीलाइ कोरोना संक्रमण देखिएको थियो ।१४ दिनको होम क्वारेन्टाइनमा बसेर रिपोर्ट नेगेटिभ आए संगै उनि फेरी जन सेवामा सक्रिय रुपमा लाग्न थालेकी हुन।

उनले दसैँ तिहार जस्तो चाड पर्वमा कालोबजारी नहोस भनेर बजार अनुगमन गर्नु को साथै नगरपालिका भित्र संचालनमा रहेका बिभिन्न विकास निर्माणको योजनाहरुको अनगमनमा सक्रिय भएकी हुन।प्रतिनिधि सभा सदस्य जिबनराम श्रेष्ठ, प्रदेश सभा सदस्य केशब पोखरेल संगको साथमा बिभिन्न योजना अनुगमनमा पुगेकी उप प्रमुख अधिकारीले स्थानीयहरु संग बिभिन्न बिषयमा अन्तरक्रिया गर्नुको साथै सुझाब लिएकी थिइन्    ।

कोरोना संक्रमित हुँदा कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै  आफु छिट्टै कोरोना संक्रमण मुक्त हुने बिश्वास ब्यक्त गरेकी उनले  जनप्रतिनिधि भएको नाताले  आफ्नो  दायित्व बाट पन्छिन नमिल्ने हुँदा सामाजिक दुरी कायम गरि सतर्कताका साथ्    थप सक्रिय हुदै  जन सेवामा जुट्ने बताएकी थिइन। सोहि अनुसार उनले स्वास्थ्य सतर्कता साथ विकास  निर्माणका कामको अनुगमन लगायतको कार्य गर्दै आएकी छिन।

बिना काम भिड भाडमा नजान ,जानै परे पनि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन अनुरोध गर्दै घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउन  र सम्भव भएसम्म २ मिटरको दुरी कायम गरि बिशेष सतर्कता अपनाउन पनि उनले सबैलाई  अनुरोध गरेकी छिन ।उनले यो संक्रमण हेलचेग्राइ गर्ने बिषय  नभएको भन्दै आम नगरबासीहरुलाई अत्यन्तै साबधानी पुर्बक सुरक्षित रहन अपिल गर्दै कोरोना प्रकोपको जोखिम निकै बढेको अवस्थामा सचेतना र सजगता आवस्यक रहेको भन्दै नगर उपप्रमुख अधिकारीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेका छिन।

तपाइँको प्रतिक्रिया ।