लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा महिला र पुरुषको सहकार्य आवस्यक छ :उपप्रमुख सिता ढुंगाना

कपन अनलाइन

धादिंग,मंसिर ११ ।

धादिङ जिल्लाको गजुरी गाउँपालिकाकी उप प्रमुख सिता ढुंगानाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान केवल महिला मात्रको अभियान नभएको बताएकी छन।

गजुरी गाउँपालिका वडा नं ८ किरान चोकमा आयोजित  कार्यक्रम मार्फत अभियानको शुभारम्भ गर्दै उपप्रमुख ढुंगानाले महिला पुरुष दुबै अभियानमा सहकार्य गरे मात्र लैंगिक हिंसा अन्त्य गर्न सकिने धारणा राखेकी थिइन्।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा गरिएको  १६ दिने अभियानको महत्व र लैंगिक हिंसा न्यूनीकरणका उपाय विषयक अन्तरक्रियामा प्रमुख  अतिथि ढुंगाना सहित वडा नं ७ का अध्यक्ष केशव अधिकारी , सामाजिक विकास समितिकी संयोजक  गाउँ कार्यपालिका सदस्य शोभा तामांग ,मानव अधिकारकर्मि,आमा समुहका प्रतिनिधि,सहकारिका पदाधिकारी, बिधालयका लैंगिक फोकल पर्सन ( शिक्षक), प्र अ  , बाल क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

गजुरी गाउँपालिका वडा नं ८ का अध्यक्ष राज कुमार ढुंगानाको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले लैंगिक हिंसा न्यूनीकरणका लागि हुनुपर्ने पहल र भूमिकाका वारेमा धारणा राखेका थिए।

तपाइँको प्रतिक्रिया ।