कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिसस काठमाडौंको १० करोड

कागेश्वरी मनोहरा  नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिसस काठमाडौंको १० करोड

कपन अनलाइन

काठमाडौं, मंगसिर ३ । कागेश्वरी मनोहरा  नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौं बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सुबिधा सम्पन्न उक्त भवन निर्माणको लागि जिसस काठमाडौंले  १० करोड सहयोगका लागि सम्झौता  गरेको हो।

 कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ डाँछी थलीमा निर्माण गरिने उक्त भवनको कुल लागत एकाउन्न करोड सत्तरी लाख सतचालीस हजार एक सय उन्नाइस रुपैया त्रियान्न्बे पैसा रहेको छ भने सम्झौता रकम ३५ करोड १७ लाख ९४ हजार एक सय ९ रुपिया सत्र पैसा रहेको छ ।  कुल लागतको ३१.९६ प्रतिशत घटीमा सम्झौता भएको सो  भवन निर्माण २०८० कार्तिक ३० गते सम्म समपन्न गरि सक्नु पर्नेछ ।   बेसमेन्ट सहित ७ तल्ला हुने सो भवनको भुइँ तल्ला र पहिलो तल्ला व्यवसायिक प्रयोजनको लागि प्रयोग गरिने नगरपालिकाले जनाएको छ। उक्त भवनको लागि २०७७ साल कार्तिक २० गते सम्झौता भएको थियो ।

३२ वटा साना गाडी र ४५वटा २ पांग्रे सवारी पार्किङ गर्न मिल्ने १६ हजार ६५१ वर्गफिटको बेसमेन्ट हुने उक्त भवनमा भुइँ तल्ला व्यवसायिक प्रयोजन र पहिलो तल्ला बैंकिङ प्रयोजनका लागि प्रयोग गरिने छ।  यसैगरी, भवनको दोस्रो, तेस्रो र चौथो तल्ला नगरपालिकाको प्रशासनिक कार्यको लागि प्रयोग गरिने छ। भवनको पाँचौ तल्लामा भने स्टेजसहितको १७०जना अट्ने सभाहल र क्यानटिन रहने छ। अपांग मैत्री भवनको हरेक तल्लामा २ वटा भर्याङ, २वटा लिफ्ट र आपतकालीन भर्याङ समेत रहने छ। आगलागीको सूचना दिने “स्मोक डिटेक्टर” र अग्नि नियन्त्रण गर्ने सामाग्री पनि भवनमा रहने नगरपालिकाले जनाएको छ। भवनको मोहोडा मल्लकालीन शैलीमा निर्माण हुने छ।

 कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि जिल्ला समन्वय समिति काठमाडौंको मौज्यात कोष बाट उपलब्ध हुने अनुदान सहायोग कार्यक्रमको समझदारी पत्रमाजिल्ला समन्वय समितिको तर्फ बाट जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारी र कागेश्वरी मनोहरा नगरपालिकाको तर्फ बाट प्रमुख प्रशासकीय अधिकृत  गिरिराज ज्ञवालीले हस्ताक्षर गरेका थिए ।सो अवसरमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिबसुन्दर राजवैद्य र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा  जिसस काठमाडौं उप प्रमुख सरिता दाहाल, कागेश्वरी मनोहरा नगरपालिकाकि उप प्रमुख बिन्दु पुडासैनी सिंखडा , कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल , वडा नं ३ का वडा अध्यक्ष राममणि पुडासैनी, वडा नं ४ का वडा अध्यक्ष  भाइकाजी  अधिकारी वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल, वडा नं ७ का वडा अध्यक्ष जीवन थापा वडा नं ८ का कार्यवाहक वडा अध्यक्ष अष्टलाल श्रेष्ठ , वडा नं ९ का वडा अध्यक्ष कुन्दन खड्का लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम  संचालन नगरपालिकाका कर्मचारी इन्जीनियर संदेश ढकालले गरेका थिए ।कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिबसुन्दर राजवैद्यले जिल्ला समन्वय समिति काठमाडौंले आफ्नो मौज्यात कोषमा रहेको रकम बाट नगरपालिकाहरुको प्रशासकीय भवन निर्माणमा सहयोग पुर्याउदै आएको बताउदै अहिले वडा भवन निर्माणमा पनि सहयोग गर्दै आएको बताए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले धन्यबाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।