पांच वर्ष पछि खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर

कपन अनलाइन

काठमाडौं, मंगसिर ३।भाइटीकाको दिन मात्रै खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पपश्चात ५ वर्ष पछि पुनर्निर्माण  सम्पन्न भए संगै  खुलेको छ।सामान्यतया वर्षमा मात्रै एकदिन खुल्ने सो मन्दिर तिथिअनुसार यस पटक भाइटीका दुई दिन परेको हुँदा दुई दिन नै खुलेको हो। नेवार समुदायको किजा पूजा अर्थात् भाइटीका मंगबार मनाएका छन।  सोहि  रितअनुसार बालगोपालेश्वर मन्दिर सोमबार र मंगलबार गरि दुवै  पनि खुल्ला रह्यो  ।

ई.सं.१६६५ मा राजा प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तेन मल्लको मृत्युपश्चात् शोकाकुल बनेकी आफ्नी रानीलाई खुशी तुल्याउने उदेश्यले रानीपोखरीको निर्माण गरेका थिए।वि.सं.१९९० को भुकम्पमा मा रानीपोखरीस्थित उक्त मन्दिरको गजुर भत्किएर पुननिर्माण गरिँदा स्वरुप परिवर्तन भई अहिलेको स्वरुप पाएको हो। त्यतिबेला जुद्दशमशेरले यसको पुनर्निर्माण गरेका थिए।

पुरातात्त्विक महत्व बोकेको यस मन्दिर वि.सं. २०७२ बैशाख १२ गतेको महाविनाशकारी भुकम्पले क्षतिग्रस्त भएको थियो। भुकम्पपश्चात ०७३ साल बैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुन:निर्माण कार्यको शिलान्यास भइ  यसै वर्ष कात्तिकमा पुनर्निर्माण कार्य  सकिए संगै  उद्घाटन पनि राष्ट्रपति द्वारा नै गरिएको थियो ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाको दिन पूजाआजा र टीका थाप्न रानीपोखरीको बिचमा अवस्थित बालगोपालेश्वर मन्दिर पुग्ने गर्दछन्। मन्दिरमा पूजाआजा गर्ने मात्रै नभई रानीपोखरीको मनमोहक दृश्यावलोकन गर्न आउनेको पनि भिड पनि उत्तिकै हुने गदर्छ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।