Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/125873656_701791157381615_462661124229821606_n-scaled-e1605690182646.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/126000195_432502174576194_7578529440003658374_n-scaled-e1605690237283.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वरको लायन्स आसोलेसन केन्द्रका कोरोना संक्रमितहरुले भाइटीका लगाए

कपन अनलाइन

काठमाडौं, मंगसिर ३। गोकर्णेश्वर नगरपालिका ४ राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले संचालन गरेको लायन्स आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमितहरुले भाइटिका लगाएका छन।

कोरोना संक्रमणको महामारीबीच भएको यस वर्षको भाइटीका तथा तिहारको बेला थुप्रै ठाउँमा मानिसहरु कोरोना संक्रमित भई होम आइसोलेसन, आइसोलेसन तथा अस्पतालहरुमा बस्न बाध्य भएका छन् । कोरोना संक्रमित भई लायन्स क्लबले संचालन गरेको निशुल्क आइसोलेसनमा बसेका संक्रमितहरुले आइसोलेसनमै भाइटीका लगाएका हुन ।

 लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए–१ अन्तर्गतको क्लब लायन्स क्लब अफ काठमाडौँ जर्नीको आयोजना तथा आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक माइ एल सी आइ  चिफ लायन रमेश लामाको संयोजनमा भाइ टिका कार्यक्रम राखिएको थियो । क्लबकि अध्यक्ष रोजिना बिस्ट (रोज) का अनुसार, आइसोलेसनमा भएकाहरुलाई चाडबाडमा घरपरिवारको सम्झनाले नसताओस् र चाड खल्लो नहोस् भनेर भाइटीका राखिएको  जानकारी गराइन  ।

त्यस्तै आइसोलेसनका प्रसासन उपसमिति  संयोजक एबम माइ एल सी आइ  चिफ लायन रमेश लामाका अनुसार आइसोलेसनमा हाल सम्म ४१ जना संक्रमितले सेवा लिएको संक्रमितमध्ये ३५ जना निको भएर घर फर्केको जानकारी गराए । हाल आइसोलेसनमा ५ जना महिला र १ पुरुष गरि ६ जना संक्रमित रहेका छन् । तिहारको भाइटिका लगाउन पाउँदा उनीहरुले खुसि ब्यक्त गरेका थिए।

सो कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का जी एम टि लायन धर्मशरण श्रेष्ठ,  एरिया कोर्डिनेटर लायन लायन अच्युत बिष्ट लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीका प्रेसिडेन्ट लायन मधु सुधन सिग्देल लायन श्रीचन केसी  लायन ठण्डराज ठकुरी ,लायन बिशाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

सो आइसोलेसन सेन्टरमा कोरोना संक्रमितहरुको लागि निशुल्क चार छाक खाना तथा सामान्य ‍औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्दै आएको छ भने  प्रत्येक दिन संक्रमितहरुलाई योगा तथा मनोरञ्जन समेत गराउदै आएको  छ । आइसोलेसन केन्द्रको व्यवस्थापनको लागि दैनिक रुपमा लायन्स सदस्यहरुले सामुहिक रुपमा आलोपालो गरेर खटिरहेका छन।  दशैँ तिहारमा पनि संक्रमितहरुलाइ लायन्स सदस्यहरुले आलो पालो गरेर खाना लगायत अन्य आवश्यक सामग्री व्यवस्थापन गरि सेवा प्रदान गर्दै आएको लायन ठण्डराज ठकुरीले  जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।