सुनौलो पाइला संस्था गोकर्णेश्वर ९ को दोस्रो स्मारिका लोकार्पण
कपन अनलाइन
काठमाडौं, कार्तिक ३०। गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा संचालित सुनौलो पाइला संस्थाको दोस्रो अंक स्मारिका लोकार्पण गरिएको छ । संस्थाको कार्यलय प्राङ्गणमा शनिबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलगायतले संयुक्त रुपमा उक्त स्मारिकाको लोकार्पण गरेका हुन।

कोरोनाको कारण सामाजिक दुरी सहित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई संक्षिप्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल एरिया कोर्डिनेटर लायन अच्युत बिष्ट, इभेन्ट म्यानेजमेन्ट चिफ लायन जयराम बिष्ट, लायन माधब कार्की महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख जिके कट्टेल लगायतको उपस्थिति रहेको थियो। सुनौलो पाइला संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज)को अध्यक्षतामा भएको सो कार्यक्रम संचालन सस्थाकी सचिव अमृता केसीले गरेकी थिइन ।

भूकम्प र अन्यकारणले बेसाहारा भएका बालबालिकाहरुलाई सुरक्षित पालनपोषण र आवास दिने उदेश्यले २०७५ सालमा स्थापित सुनौलो पाइला संस्था मा हाल १४ जना असाहय बालबालिकालाइ सुरक्षित आवास र असल अभिभावकत्व प्रदान गरिरहेको छ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले कुनै पनि समाजको सभ्यता उसले समाजका सीमान्तकृत बर्गलाई गर्ने व्यवहारले चित्रित गर्दछ भन्ने भनाइलाइ आत्मासाथ गर्दै संस्थाले समाजको गरिमा बढाउन योगदान गरेको बताए ।उनले सस्थाको प्रगतिको कामना गर्दै आफ्नो उदेश्य प्राप्तिको लागि सरकारी तथा गैर सरकारी संस्थाहरु संगको समन्वयले सस्था र संस्थाको संचालकको लगनलाइ प्रतिविम्बित गर्ने बताउदै आउदै गरेका चाड पर्वहरुको समेत शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले संस्थालाई शुभकामना ब्यक्त गर्दै संस्थालाई नगरपालिकाले बिभिन्न समयमा सहयोग गर्दै आएको बताए। उनले संस्थाको आफ्नै भवन नभएको हुँदा संस्थाले गरेको अनुरोधलाइ स्वीकार गरि भवन निर्माणको लागि जग्गा खोजीको कार्य भईरहेको बताउदै सम्भवत चाडैनै जग्गा प्राप्त गरि भवन निर्माणको लागि सहयोग रहने बताए । उनले नगरपालिका भित्र संचालनमा रहेका बिभिन्न संघ संस्थाहरुलाई पनि नगरपालिकाले सहयोग गर्दै आएको जानकारी गराउदै आउदै गरेका चाड पर्वहरुको शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा लायन्स क्लब इन्टर नेसनल डिस्ट्रिक ३२५ ए१का पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले संस्थालाइ बधाई सहित सामाजिक दायित्व र मानव सेवाको उदेश्य लिएर खोलिएको संस्थाको प्रगतिको कामना गरेका थिए।उनले नगरपालिकाको तर्फ बाट बिभिन्न समयमा सहयोग गर्दै आएको जानकारी गराउदै भवन निर्माणको लागि पनि सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए। उनले आउदै गरेका चाडपर्वहरुको समेत शुभकामना ब्यक्त गरेका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज)ले उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्दै संस्थाले गर्दै आएको कामको बारेमा प्रकाश पारेकी थिइन। उनले स्मारिका प्रकाशन गर्नको लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिएकी थिइन ।
