प्रधानमन्त्रीको प्राथमिकतामा मेलम्ची ,स्थलगत निरीक्षणमा सल्लाहकारहरु

प्रधानमन्त्रीको प्राथमिकतामा मेलम्ची ,स्थलगत निरीक्षणमा सल्लाहकारहरु
कपन अनलाइन
सिन्धुपाल्चोक ,कार्तिक २७।
प्रधानमन्त्रीका सल्लाहकार सहितको टोलीले मेलम्ची खानेपानी आयोजनाको सुरुङ सहित योजनाका अन्य पूर्वाधारहरुको निरीक्षण गरेको छ।प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सम्बन्धित क्षेत्रबाट प्रतिनधिसभाका सांसद शेरबहादुर तामाङ, विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गाेपाल तामाङ, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे, आयाेजना प्रमुख तिरेश खत्रीसहितकाे टाेलीले यस आयाेजनाकाे कार्य प्रगतिकाे स्थलगत  निरीक्षण गरेको हो।
राष्ट्रिय गाैरवकाे मेलम्ची खानेपानी आयाेजना पूरा हुने अन्तिम चरणमा रहेको यो योजना सम्पन्न गरी   सिन्धुपाल्चोकको मेलम्ची खाेलाकाे पानी काठमाडौंकाे सुन्दरीजल ल्याई राजधानीबासीलाई स्वच्छ र स्वस्थ खानेपानी वितरणको पहल स्वरूप सो निरीक्षण गरिएको हो।
 सो आवसरमा  केही समयअघि इटालियन ठेकेदार कम्पनी भागेपछि आयाेजनालाई श्रम र सामान आपुर्ति गरी हालसम्म भुक्तानी पाउन नसकेका पीडितहरूका तर्फबाट त्यस अवसरमा आफ्ना समस्याहरू अविलम्ब सुनुवाइका लागि ध्यानाकर्षण पत्रसमेत प्रस्तुत गरिएकाे थियो।  जसमा स्थानीयले करिब ३६ कराेड र जम्मा १ अर्ब ३२ कराेड रूपियाँ बराबरकाे भुक्तानी पाउन बाँकी रहेकाे उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।