लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण : सन्तोष चालिसे (नगर प्रमुख )

लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण : सन्तोष चालिसे (नगर प्रमुख )

कपन अनलाइन

काठमाडौँ, कार्तिक २७ ।गोकर्णेश्वर नगरपालिका द्वारा आयोजित नगरपालिका भित्र रहेका  बिद्यालयका बिद्यार्थीहरुलाई बालबालिका ऐन तथा लागूऔषध दुर्व्यसन रोकथाम सचेतना कार्यक्रममा प्रमुख अतिथिको रुपमा  शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुखसन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै लागू औषधको सेवनले मानव शरिरमा हुने असर, र यसको बेचबिखन तथा औसार पसारले समाजमा पुर्याउने असरको बारेमा जानकारी गराएका थिए।  उनले लागूऔषध दुरुपयोगका कारण सामाजिक तथा मनोवैज्ञानिक समस्या पैदामात्र नभएर हत्या, लुटपाट लगायत आपराधिक क्रियाकलापसमेत बढ्ने बताए ।

लागू पदार्थको कुलतले गर्दा कैयौं ऊर्जाशील नागरिकहरूले ज्यान गुमाएका छन्, घरपरिवार विखण्डित बनाएका छन्, मान प्रतिष्ठा, धन सम्पत्ति गुमाएको बताए  । यसरी लागूऔषध प्रयोगका कारण व्यक्ति र परिवारदेखि सिंगो राष्ट्रसम्मले ठूलो क्षति व्यहोर्नु परेको  बताए  । त्यै भएर   लागू पदार्थ उत्पादन, ओसारपसार नियन्त्रण, प्रयोगकर्तालाई दुव्र्यसनमुक्त र तिनीहरूलाई परिवार एवं समुदायमा पुनस्र्थापित गर्नुपर्ने चुनौती  समेत रहेको बताए ।

कलिला किशोरकिशोरले लागूऔषध प्रयोग गर्न थाल्नुका पछाडि साथीहरूको संगत, तिनको दबाब, गरिबी, बेरोजगारी, अवसरबाट वञ्चित, एक्लोपन, मानसिक तनाव आदि कारण रहेको बताउदै  तिनीहरूलाई लागूऔषध प्रयोगबाट आफ्नो  स्वास्थ्य, सामाजिक, आर्थिकलगायत क्षेत्रमा पर्ने प्रभावका सम्बन्धमा समयमै शिक्षा दिनु आवश्यक  देखिएकोले नगरपालिकाले त्यस्ता कार्यक्रम गर्दै आएको जानकारी गराए ।

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण, रोकथाम कार्यलाई अझ प्रभावकारी बनाएर स्वस्थ्य र सभ्य समाज निर्माण गर्न तीन तहका सरकारबीच समन्वयका साथै गैरसरकारी संस्था, नागरिक समाज, लागूऔषध प्रयोगकर्ता, अभिभावक आदि सबैको साझा प्रयास हुनु जरुरी  रहेको पनि बताए  । उनले लागूपदार्थ दुव्र्यसनी न्यूनीकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउदै  विद्यालयमा पढ्ने उमेर समूहका विद्यार्थीहरु यसमा फस्न सक्ने जोखिम रहने हुँदा सजग हुन उनले आग्रह गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।