प्रविधिको प्रयोगले बिद्यार्थीहरुको क्षमता पनि बृद्धि भए पनि त्यसको दुरुपयोग हुन नदिन सचेत बनौ : शान्ती नेपाल (उप प्रमुख)
कपन अनलाइन
काठमाडौँ, कार्तिक २७ ।गोकर्णेश्वर नगरपालिका द्वारा आयोजित नगरपालिका भित्र रहेका बिद्यालयका बिद्यार्थीहरुलाई बालबालिका ऐन तथा लागूऔषध दुर्व्यसन रोकथाम सचेतना कार्यक्रम मा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख तथा न्यायिक समिति संयोजक शान्ति नेपालले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै नगरपालिकाले बिध्यालयका बिद्यार्थीहरुलाई बाल ऐन सम्बन्धि जानकारी गराउन सो कार्यक्रम आयोजना गरिएको बताइन।
उनले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विना कुनै भेदभाव गुणस्तरीय शिक्षा पाउनु पर्ने आवश्यकतालाई बाल अधिकार सम्बन्धी महासन्धीले समेत आत्मसाथ गरेको जानकारी गराउदै नेपालको संविधान, २०७२ तथा शिक्षा सम्बन्धी विविध दस्तावेजहरुले समेत शिक्षा प्राप्त गर्न पाउने बालबालिकाको अधिकारलाई स्थापित र मार्गनिर्देश गरेको बताइन ।
सिकाइमा दूव्र्यवहार, यातना र शारीरिक तथा मानसिक सजाय नगरी वैकल्पिक उपायहरु अपनाउनु पर्ने भन्दै सबै बालबालिकाको सुधारको लागि समय, संयमता, समझदारी र सहभागितालाई ध्यान दिनुपर्ने जानकारी गराइन । बालबालिकालाई कुनै पनि प्रकारको हेला, हिंसा तथा दुव्र्यवहार आदिबाट संरक्षित भइ सुरक्षित वातावरणमा हुर्कन पाउने अधिकार छ, उनले भनिन ।
गाउँ, समुदाय तथा टोलहरूमा स्थानीय स्रोत, साधनको प्रयोगमा बालबालिकामाथि हुने हिंसा, शोषण, दुव्र्यवहारजस्ता अधिकार उल्लंघनका घटना हुन नदिन रोकथामका उपायहरू अवलम्बन गर्न या त्यस्ता घटना भए गरेमा सोकाविरुद्ध मुद्दा उठान गर्न, त्यस्ता घटनाविरुद्ध बहस, पैरवी गर्न तथा पीडित तथा प्रभावित बालबालिकालाई आवश्यक सेवाहरू उपलब्ध गराउनका लागि नगरपालिकाले बिभिन्न काम गर्दै आएको जानकारी गराइन।
स्थानीय सरकार भनेको समुदायमा रही बालबालिका तथा परिवारसँग प्रत्यक्ष सम्पर्कमा रहेका निकाय भएको हुनाले पनि बालबालिकामाथि हुने वाहुन सक्ने शोषण, दुव्र्यवहार आदिका बारेमा सबैभन्दा पहिले जानकारी राख्ने हुँदा पहिलाको तुलनामा अब बालअधिकारको प्रत्याभूति हुनलाई सहज हुने बिश्वास ब्यक्त गरिन ।स्थानीय सरकारले स्थानीय तहमा बालसंरक्षणका लागि बनाइने योजना तथा गतिविधिमा बालबालिका तथा परिवारको सरसल्लाह तथा सुझावमा तयार पार्ने र तिनै समुदायलाई बालसंरक्षणका क्रियाकलापको कार्यान्वयनमा सम्मिलित गर्ने हुँदा स्थानीय तह अबका लागि बालसंरक्षण कार्यका आधारशीला हुने बिश्वास ब्यक्त गरिन ।
लागु औषध नियन्त्रण गर्नका लागि नगरपालिकले सामाजिक संस्थाहरुसंग सहकार्य गरेर बिभिन्न समयमा सचेतना कार्यक्रम समेत गर्दै आएको बताइन । उनले बिद्यार्थीहरु कुलतमा नफसुन भनेर बढदो लागु पदार्थ सेवन र लागु औषध सेवन बाट हुने पारिवारीक तथा समाजिक क्षतिको जानकारी गराउने उद्देश्यले बिद्यार्थीहरुलाई सचेतना कार्यक्रम समेत राखिएको जानकारी गराइन।
समाजमा दिन प्रतिदिन बढ्दै गईरहेको लागुपदार्थ दुब्यर्सनीले बालबालिकाको शारिरीक मानसिक बिकासमा असर गर्ने बताउदै समयमै सचेत भई जनचेतना फैलाउनुपर्नेमा जोड दिदै उनले सिकेका ज्ञान अरुलाई पनि बाड्न अनुरोध गरेकी थिइन। उनले कोभिड को कारण विद्यार्थीहरुले भर्च्युल शिक्षा लिनको लागि प्रबिधिको प्रयोग गरेको बताउदै त्यस्ता प्रबिधिको दुरुपयोग नगरी शिक्षण सिकाइमा लाग्न समेत अनुरोध गरेकी थिइन।
प्रबिधिको सदुपयोग गर्दा त बिद्यार्थीहरुको क्षमता पनि बृद्धिहुने हो, तर इन्टरनेट, मोबाइल फोन प्रयोग गर्दै प्रबिधिको दुरुपयोग गरेका कारण बालविवाह, महिला हिंसा मात्रै नभएर मानव बेचबिखन बाल बिवाह र साइबर अपराध समेत हुन सक्ने तर्फ सचेत हुन अनुरोध गरेकी थिइन ।