लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ द्वारा शहीद गंगालाल राष्ट्रीय हृदयरोग केन्द्रलाइ स्वास्थ्य उपकरण प्रदान
कपन अनलाइन
काठमाडौं, कार्तिक २५। सामाजिक तथा मानवीय क्षेत्रमा सक्रिय लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच शहीद गंगालाल राष्ट्रीय हृदयरोग केन्द्रलाइ करिब ९ लाख रुपैया बराबरको स्वास्थ्य उपकरण प्रदान गरिएको हो। सो कार्यक्रममा जि ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला, पुर्व डिस्ट्रिक गभर्नर तथा वर्तमान जी एस टि मल्टिपल कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ , सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, क्याबिनेट सेक्रेटरी बिमाल कुमार श्रेष्ठ, लायन दिपेन्द्र सिंखडा, लायन राजन श्रेष्ठ धरातल, लायन रमेश लामा, लायन रेनुका श्रेष्ठ, लगायतको उपस्थितिमा उल्ट सामग्री उपकरण केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्र मणि अधिकारीलाइ हस्तान्तरण गरिएको थियो ।
जहाँ आवश्यकता त्यहा लायन्स भन्ने मुला नाराको साथमा आवश्यकतमा रहेका परिवारहरुलाई खाद्यान्न बितरण, स्वास्थ्य मंत्रालयलाई लाखौंको सामग्री , स्वास्थ्य कर्मी, सुरक्षा कर्मीहरुलाई आवश्यक उपकरण उपलव्ध गराउँदै तथा कोभिड संक्रमितहरुलाई काठमाण्डौ र बिराटनगरमा निःशुल्क आईसोलेसन केन्द्र संचालन गर्ने कार्यमा सक्रिय रहेको लायन्स क्लबले आवश्यकता असिम तर स्रोत साधन सिमित हुँदा पनि क्लब सामाजिक तथा मानवीय सेवामा सक्रिय रहेको डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले कपन अनलाइन लाइ जानकारी गराए
उनले कोरोना संक्रमण न्यूनीकरण गर्ने कार्यमा समेत सक्रिय रहदै सेवा गर्न काममा शहीद गंगालाल राष्ट्रीय हृदयरोग केन्द्रमा कोभिड-१९ लगायत, मुटु, भिटामिन परिक्षण, बिभिन्न संक्रमण, डायबिटीज़, ट्यूमर, रेनल, हार्मोन, फर्टिलिटी तथा अन्य रोगहरुमा धेरै नै उपयोगी हुने र एक पटकमा २० भन्दा बढी नमुनाहरु जॉच गर्न मिल्ने करिब ९ लाख भन्दा बढी मूल्य पर्ने FIA Meter III Plus उपकरण केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्र मणि अधिकारी हस्तान्तरण गरिएको जानकारी गराए । उक्त उपकरणको राम्रो सदुपयोग भइ बढी भन्दा बढी बिरामीहरुले उत्कृष्ट सेवा प्राप्त गर्नेछन भन्ने बिश्वास ब्यक्त गरे ।
डिष्ट्रिक्ट ३२५ ए१का लायन्स सदस्यहरुले जुन हिम्मत र उदारताका साथ आवश्यकताका हरेक क्षेत्रमा दैनिक रुपमा सेवा पुर्याईरहको हुँदा डिस्ट्रिकको तर्फ बाट अन्तरमन बाट धन्यबाद सहित आभार ब्यक्त गर्दै सुरक्षित रही यस्तै सत्कार्यको निरन्तरताको लागि पनि अनुरोध गरेका छन।