किन समय बबार्दीको साधन बन्दैछ मोबाइल फोन ?

jolla-2कपन अनलाइनमंसिर ५, २०७१

‘मोबाइल’ टेक्नोलोजीको दुनियाँमा सस्तो र सर्वसुलभ साधन जसमार्फत् टाढाका व्यक्तिहरूसँग प्रत्यक्ष बोलचाल गर्न सकिन्छ । वर्तमान समयको मोबाइलमा कुराकानीमात्र नभई आफ्नो आवश्यकताअनुसारका यसलाई परिवर्तित रुपमा चलाउन सक्नुहुन्छ । पछिल्लो समय मोबाइललाई कुरा गर्ने साधनभन्दा पनि मानिसलाई एक्लोपन हटाउने साधन बन्न गएको छ मोबाइल । एकातिर एक्लोपन हटेको महसुस गर्छन् उनीहरू भने, अर्कातिर मोबाइलकै कारण उनीहरूको समयमा भएको बर्बादी त छँदैछ । मोबाइलको प्रयोग र उपयोगिताबारे सायदै शब्दमा भन्न गाह्रो छ । यसको सही उपयोग भएमा यसमा नभेटिने र यसबाट गर्न नसकिने कुरा सायदै छैन । फरक यत्तिमात्र हो, कोही यसको सही उपयोगको सहयोगबाट आफ्ना अधुरा काम पूरा गर्न, आफूले गर्ने हरेक काम छिटो र सजिलोसँग सम्पन्न गर्छन् त कोही घण्टौँसम्म मोबाइल हातमा खेलाएर आफ्नो समय बर्बादी गर्नुका साथै यसको लतको रुपमा लिने गर्छन् ।

 

हरेक वैज्ञानिक उपकरणका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ मात्र प्रयोगकर्ताले कुन छान्छ ? हिजोआज मोबाइललाई प्राय सबैले विकृतिका रुपमा लिने गरेको र स्कूल, कलेज लगायतका ठाउँहरूमा यसको प्रवेश निषेध गरिएको छ । के यो गर्नु उचित होला त ?

 

पक्कै पनि विद्यार्थी पाठ्यपुस्तक छोडेर मोबाइलमा लाग्ने अवस्था आएमा यो प्रयोग गर्न नदिनु नै राम्रो होला । तर एकाइसौँ शताब्दीमा आएर सूचना प्रविधीलाई बन्द गरेर पुस्तकमात्र पल्टाउने काम गर्नु पक्कै पनि राम्रो लक्षण भने होइन । दिनानुदिन मोबाइल प्रयोगकर्तालाई लक्षित गरेर एप्लिकेसन डेभलपरहरूले नयाँ नयाँ एप्लिकेसन निर्माण गरेका छन् जुन शिक्षण सिकाइ क्रियाकलाप लगायत आकस्मिक सेवाका लागि काम दिन्छन् । तपाईँ अहिले मोबाइल फोनमा राखिएको एप्लिकेसनको सहायताले विश्वभरका सूचना प्राप्त गर्न सक्नुहुन्छ भने एम्बुलेन्स, दमकल, प्रहरी, अस्पताल आदिको विस्तृत सम्पर्क विवरण पाउन सक्नुहुन्छ ।

s2-vs-s3_2428352b

त्यस्तै अरु भन्नुपर्दा शब्दकोष, व्याकरण, विविध विषयका नोट, ह्यान्सआउटहरू मोबाइलबाट नै हेर्न र पढ्न सक्नुहुन्छ । घरमा कोही बिरामी परेमा त्यही मोबाइलमा भएका एप्लिकेसन हेरेर एम्बुलेन्स तथा अस्पतालमा फोन गर्न सक्नुहुन्छ । विभिन्न सेक्युरिटी सम्बन्धी एप्लिकेसनद्वारा आफू अप्ठ्यारोमा पर्दा मोबाइलमा एक टच गरेर सुरक्षाकर्मी समक्ष जानकारी गराउन सक्नुहुन्छ । अझ भन्नुपर्दा त नेपालमा त लोडसेडिङको समस्या बढेलगत्तै ’नेपाल लोडसेडिङ सेड्युल’ नामक एप्लिकेसन सबैभन्दा बढी प्रयोगमा छ । मोबाइलको सहायताले ई–कक्षाकोठाको अवधारणलाई साकार गर्न सकिन्छ ।
मोबाइल अत्यन्तै उपयोगी साधन भैकन पनि राम्रो मार्गदर्शन र यसको उपयोगिताबारे अन्योल भएर धेरैले यसबाट लिन सकिने फाइदाहरू ग्रहण गर्न सक्नुभएको छैन । व्यवहारमा यसको सकारात्मक पाटोलाई उतार्ने हो भने मोबाइल फोन टेक्नोलोजीको अमूल्य उपाहरको रुपमा सबै ठाउँ, अवस्था र काममा प्रयोग गर्न सकिन्छ । एक्लो समयमा पनि तपाईँ मोबाइललाई साथी बनाएर ज्ञानको भण्डार भर्न खोज्नुहुन्छ भने त्यसमा कोही बाधक बन्दैन फरक यत्ति मात्र हो कि चाहना ।

तपाइँको प्रतिक्रिया ।