Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/124167568_398772831489003_8675121934867570837_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/124984789_1162099650912356_3747130545933737850_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

खेलाडी र कलाकारको रोजाइमा विनायक सिद्ध कलेज चावहिल

कपन अनलाइन

काठमाडौं ,कार्तिक २५।

विनायक सिद्ध कलेजको Sports Brand Ambassador मा फुटबलर अविषेक रिजाललाई चयन गरेको छ । त्यस्तै  फुटबल खेलाडीहरु नेपाल पुलिस क्लबका कप्तान तथा मिडफिल्डर हेम तामाङ, एन. आर. टि. का कप्तान विक्रम धिमाल, मछिन्द्र क्लबका रेजिन सुब्बा, पुलिस क्लबका रोशन खड्का, मानबहादुर तामाङसँगै युवराज राईको रोजाइमा पनि विनायक सिद्ध कलेज नै परेको छ।

काठमाडौंको शैक्षिक हबको रुपमा परिचित चावहिल क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दै उलेख्य रुपमा यस कलेजले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको सो कलेजमा  यस  भन्दा अगाडीका  बर्षहरुमा पनि नेसनल प्लेयरहरु  आशिस लामा, सुरज  ठकुरी, आदिल हमिद, सुमित आले लगाएत धेरै फूटबल खेलाडी र   १३ औँ एसियन गेम का गोल्ड मेडलिष्ट पुनम श्रेष्ठ एन्फा रेफ्री हरिश कार्की, सपन बस्नेत संगै रोबिन बुढाथोकी तथा कन्चन तिमिल्सिना लगायतले पनि अध्ययन गरिरहेका छन।

माध्यमिक शिक्षा अन्तर्गत प्रोग्रेसिभ मा.वि. र त्रिभुवन विश्वविद्यालय अन्तर्गत विनायक सिद्ध कलेज (भिएस कलेज) को नामले सञ्चालित यस कलेजमा  हाल १७०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन।

सो कलेजमा +२ तहमा व्यवस्थापन, मानविकी, कानुन, शिक्षा र स्नातक तहमा व्यवस्थापन (द्यद्यक्) र मानविकीतर्फ (BA, BASW) लगायतकात्रि.वि.को कोर्षहरु सञ्चालन गरिरहेको छ भने  निकट भविष्यमा BBA, BHM, BCA, BBM, BED, MBS / MBA  लगायतका विविधि कोर्षहरु संचालन गर्ने योजना रहेको कलेजले जानकारी दिएको छ।

विनायक सिद्धको व्यवस्थापन, शिक्षण सिकाइ क्रियाकलापका साथ साथै विद्यार्थीहरुको चैतर्फी विकासका लागि कलेजले निभाउनु पर्ने  भुमिका प्रति कलेज प्रतिबद्ध रहेको क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले बताएका छन ।

पढाइ, लेखाइ र खेलकुदमा मात्र नभई, नृत्य तथा गायन विधामा समेत अब्बल विद्यार्थीहरुको रोजाइ बनेको यस कलेजमा  RIO Chham Chhami Season-4 का विजेता नेसन सुस्लिन मगर, SEE Dance Championship Season का विजेताप्रदिपगोले तामाङ, फर्स्ट रनरअप सरस्वति धिमाल, सेकेन्ड रनर अपमा विश्वकर्मा लगायत १० जना टप फाइनलिष्टको रोजाई पनि विनायक सिद्ध नै रहेको बताउदै प्रमुख सिंखडाले कलाकार र मोडल तथा सेलेब्रिटिहरु मुनागौचन, राष्ट्रिय तथा अन्तराष्ट्रिय मोडल सुस्मिता थापा, X-Factor Model 2018 मा दोस्रो हुन सफल सालु फम्बोहाङ्मा, X-Factor Model 2018 का प्रभास स्याङ्तान, Miss Himalayan कीविजेता रिजा महर्जन साथै Face of Plus Two-2019  को सेकेन्ड रनरअप सायरा कार्कीको पनि छनोट विनायक सिद्ध नै रहेको बताएका छन  ।

यसका अलवा सानै उमेरमा गितीएल्बम् निकाल्न सफलगायिका प्रेगिसापौडेल तथा र्यापर  कपिलजंग क्षेत्रीको पनि रोजाई विनायक सिद्ध कलेज नै रहेको छ भने कार्तिक २८ गते देखि Vocal, Guitar, Video Editing, Graphic Designing, English Language & R.J-V.J Training पनि संचालन गर्ने जनाएको छ।

तपाइँको प्रतिक्रिया ।