बुढानिलकण्ठको महादेव खोला संरक्षणका लागि छलफल

बुढानिलकण्ठको महादेव खोला संरक्षणका लागि छलफल

कपन अनलाइन

काठमाडौं ,कार्तिक २५।

बुढानिलकण्ठको महादेव खोला संरक्षणका लागि छलफल गरिएको छ। बुढानिलकण्ठ नगरपालिकाको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सो खोलाको सरसफाई र संरक्षण गर्दै यसको ऐतिहासिक महत्वलाई प्रवर्धनका लागि काठमाडौं क्षेत्र नं ५ (२ ) बाट निर्वाचित बागमती प्रदेस सभाका सदस्य दिपक निरौलाको संयोजनमा छलफल गरिएको हो।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य विदुर विक्रम खड्का , नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल ,वडा नं १ का अध्यक्ष सुरेन्द्र लामा, वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ , बुढानिलकण्ठ युवा क्लवका अध्यक्ष गणेश कुँवर ,सनातन धर्म सेवा समितिका अध्यक्ष विकास तामांग र नगरपालिकाका इन्जिनियर बैकुण्ठ भण्डारी लगायतको उपस्थितिमा सो खोला सर सफाइ ,बुढानिलकण्ठ -मुहान पोखरी सडक निर्माण लगायतका विषयमा छलफल गरिएको थियो।

त्यस्तै सो छलफलमा उक्त क्षेत्रमा खानेपानी समस्या समाधान र सेवा उपलव्ध गराउने विभिन्न कार्यक्रमका लागि पहल गर्ने निर्णय गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।