बुढानिलकण्ठको प्राथमिकतामा नगर चक्रपथ,ठेकेदारलाई ताकेता गर्ने नगर सभाको निर्णय

बुढानिलकण्ठको प्राथमिकतामा नगर चक्रपथ,ठेकेदारलाई ताकेता गर्ने नगर सभाको निर्णय

कपन अनलाइन

काठमाडौं ,कार्तिक २५।

बुढानिलकण्ठ नगरपालिका नगर चक्रपथ निर्माणका लागि यस अन्तर्गत पर्ने विभिन्न सडकहरुको निर्माणको जिम्मा पाएका ठेकेदारहरु संग ताकेता गर्ने नगर सभाले निर्णय गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाको छैटौ नगर सभामा पेश भै असार २६ गते बसेको बैठकको निर्णय नं १५ मा सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर सो संग सम्बन्धित कार्यालय र सरोकारवाला निकाय संग विशेष पहल गर्ने निर्णय गरेको थियो।

बुढानिलकण्ठ नगर चक्रपथ सहित अन्य विभिन्न महत्वपूर्ण सडक पूर्वाधारहरुलाई निर्माण सम्पन्न गर्नका लागि नगर सभाले प्रभावकारी रुपमा ठोस योजना अगाडी सारेको हो।

बुढानिलकण्ठ नगरपालिकाको छैटौ नगर सभाले बुढानिलकण्ठ नगर चक्रपथका लागि गोल्फुटार -कुमारीथान मन्दिर -आकाशेधारा -कृष्ण मन्दिर -पैयाटार सहिद पार्क -जगडोल -कौडोल -गाम्चा -चपली -बुढानिलकण्ठ -चंडेश्वरी-टोखा -च्यासिनडोल – गोल्फुटार खण्डमा पर्ने प्रत्येक सडक निर्माण योजनालाई प्राथमिकतामा राखेर निरन्तर अनुगमन र निरीक्षण गर्ने निर्णय गरेको छ।

स्थानीय निर्वाचनका क्रममा घोषणा पत्रमा प्रमुख योजनाका रुपमा अगाडी सारेको नगर चकपथको योजनालाई सम्पन्न गर्नका लागि नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको बताउदै नगर प्रमुख खरेलले चाडै नगर चक्रपथले  पर्यटन प्रवर्धन र आर्थिक गतिविधिमा सहयोग पुग्ने विस्वास व्यक्त गरेका छन।

नगर चक्रपथ संगै नगरपालिकाले गोल्फुटार -साप्रेढुंगा -आकाशेधारा -साततले -आनिगुम्बा-कपनगुम्बा –  चुनिखेल -चपली सडकका साथै चपली घुम्ती -पासिकोट -चंडेश्वरी सडक विस्तार तथा निर्माणलाई पनि प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

विष्णुमति र लुड़ेखोला कोरिडोरलाई संघीय र प्रदेस सरकारको सहयोगमा निर्माण गर्ने योजनालाई अगाडी बढाउने निर्णय गरेको सो नगर सभाले आकाशेधारा -राम मन्दिर सडक निर्माणको जिम्मा पाएका ठेकेदार संग ताकेता गर्दै योजना सम्पन्न गर्ने निर्णय गरेको छ।

त्यस्तै नगर सभाले गोल्फुटार -हेपाली -च्यासिन डोल -टोखा सडक र शिव मन्दिर सहिद पार्क सडकलाई पनि प्राथमिकतामा राख्दै थप पहल गर्ने निर्णय गरेको छ।

तपाइँको प्रतिक्रिया ।