गोकर्णेश्वर नगरपालिकामा जीव जन्तुको सिंग र छालामा पनि कर

कपन अनलाइन

काठमाडौं ,कार्तिक २५।

गोकर्णेश्वर नगरपालिकाले  जीव जन्तुको सिंग र छालामा  करको दर निर्धारण गरेको छ। गोकर्णेश्वर नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा जडिबुटी ,कवाडी र जीवजन्तु करको दररेट निर्धारणको दफा ६ मा प्रचलित कानुनले निषेध गरेका बाहेकका जीव जन्तु संग सम्बन्धित कारोवार बापत कर लिने निर्णय भएको उल्लेख गरिएको छ।

सो निर्णय अनुसार जीव जन्तुको हाडमा  १ रुपैया ,सिंगमा २ रुपैया ,ठुलो छालामा ३० रुपैया ,सानो छालामा १५ रुपैया ,पन्छीको प्वाखमा १ रुपैया प्रतिकेजीका दरले कर लिइने उल्लेख गरिएको छ।

त्यस्तै जलेको मोबिल २५ पैसा प्रति केजी ,झिंडू ५० पैसा प्रतिकेजी ,सिसाको धुलो २ रुपैया प्रतिकेजी कर लिने निर्णय गरेको नगरपालिकाले पुराना कागज ५० पैसा प्रतिकेजी ,टायर ट्युब ५० पैसा प्रतिकेजी र पोलिथिन पाइपमा १ रुपैया प्रतिकेजी कर लिने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।