आत्मविश्वास : शैलेस पन्त
कपन अनलाइन
काठमाडौं ,कार्तिक २२ ।
प्रकाश र रिनाको भेट एउटा अस्पतालमा भएको थियो । उमेरले रिना प्रकाश भन्दा कान्छि नै थिइन । रिना भर्खर १२ कक्षाको जाच सिध्याएर बसेकीथिई । रिनाको दिदी पेसाले नर्स थिइन । कहिले कहिले दिदीलाई भेटन रिना अस्पताल जाने गर्दथिइन । यसै क्रममा डाक्टर प्रकाश सँग रिनाको प्रेम सम्वन्ध कायम हुन गयो । दुबै जनाविहे गर्ने मनस्थितिमा पुगे ।
घरमा दुबै जनाको परिवारले सहमति दिए । दुबैको विहे पनिभयो । खुशीयाली पनि छाएको थियो ।एकदिन रिनाले डाक्टर प्रकाशलाई भन्दै थिइन । आज हजुरलाई म गुड निउज दिउकी भनेर । के हो त्यस्तो हजुर बाबा हुनु हुने भयो । डाक्टर प्रकाश एकदम खुशी देखिन्थे । भविष्यमा सन्तान हुने भो भनेर । सन्तान पनि भयो दुबै जनाको उसको नाम शरयना सुरुमा एकदम चञ्चल स्वभावकी थिईन । शरयना दुई वर्ष हुदाँ अलिअलि वोल्ने पनि गर्दथिइन ।
तर अचानक एकोहोरो पनि नहेर्न र वोलेको पनि वास्था नगरने भइन । के भयो भनेर मनोचिकीत्सक कहा जचाउन लग्दा अटिजम भयो भन्ने थाहा पाए । डाक्टर प्रकाशले थेरापी पनि दिन थाले ।अलिअलि प्रतिक्रिया दिन थालेकी थिइन शरयनाले । यस्तैमा करिब दुई वर्ष पछि अर्का सन्तान पनि भयो । उस्को नाम आलोक राखे । उ चाहि धेरै चलाख थियो । पढाईमा पनि राम्रो थियो । दिदीलाई वेला वेलामा बोलाउने गर्दथियो । तर अचानक डाक्टर प्रकाशलाई हदयघात भयो ।
उपचार गर्न अस्पताल लग्दालग्दै बाटोमा नै मुत्यु भयो । अब रिना एक्लै परिन । जे जस्तो भएपनि सहनुनै पर्यो भनेर आफ्नो बाबा आमाको घर आएर बस्न थालिन । आज शरयनाको स्थिति त्यस्तै छ । तर शरयनाको भाई भने डाक्टर भइसक्यो । दिदीलाई पनि बेला वेलामा वोलाउने गर्दछ। आमालाई पनि समय दिन्छ । आज रिनाको जीवनमा खुशीयाली छाएको छ ।श्रीमान नभएपनि छोराले सुख दिएको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक