बुढानिलकण्ठ नगरपालिकाका ९ परिवारलाई मौरिको घार र उपकरण सहयोग

बुढानिलकण्ठ नगरपालिकाका ९ परिवारलाई मौरिको घार र उपकरण सहयोग

कपन अनलाइन

काठमाडौं ,कार्तिक २२ । निशा बराल / शिरिष पौडेल

बुढानिलकण्ठ नगरपालकाले हिल नेपालसँगको सहकार्यमा नगरभरिका ९ घर परिवारलाई एक लाख बराबरको मौरी सहितको घार र मौरिपानका लागी चाहिने उपकरणहरु सहयोग गरेको छ ।

निम्न आय भएका , एकल महिला लगाएतका परिवारलाई लक्षित गरेर उनीहरुलाई स्वरोजगार बनाउने र जीवनयापन सजिलो बनाउन मद्दत पुर्याउने हेतुले उनीहरुलाई मौरीपालनको सम्पूर्ण तालिम दिएर ,उक्त सामान उपलब्ध गराइएको हो । एक परिवारलाई चार कोठे सात ओटा मौरी सहितको घार, टोपि , ग्लोभस् लगाएतका करिब १ लाख को समान नगरपालिका भरिबाट छानिएका ९ परिवारलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको सामानको आर्थिक सहयोग भने कतार च्यारिटिले गरेको हो । सामान को दुरुपयोग नहोस , स्वरोजगार बनाउने उद्यश्य पुरा होस र उत्पादन प्रक्रियामा सहयोग पुजोस भन्ने हिसाबले उक्त परिवारलाई १५/ १५ दिनमा निरिक्षण गरिने हिल नेपालका अध्यक्ष उमेश मैनालिले बताए । प्राकृतिक रुपले मौरिको धेरै महत्व रहेको र व्यवसाहिक हिसाबले पनि एकदमै राम्रो भएकोले नेपालमा मौरीपालन तुलनात्मक हिसाबले बढ्दो छ ।

(निशा बराल / शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।