काठमाडौं क्षेत्र नं ५ का नेकपा नेता र जनप्रतिनिधिलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशन

काठमाडौं क्षेत्र नं ५ का नेकपा नेता र जनप्रतिनिधिलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशन

कपन अनलाइन

काठमाडौं ,कार्तिक २२।

काठमाडौं क्षेत्र नं ५ का नेता र जनप्रतिनिधिलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले क्षेत्रको भौतिक पूर्वाधार निर्माण ,सांस्कृतिक प्रवर्धन र संगठन विस्तारमा सक्रिय भएर लाग्न निर्देशन दिएका छन।

काठमाडौं महानगरपालिका,बुढानिलकण्ठ र टोखा नगरपालिकाका १५ वटा वडा रहेको काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले सो क्षेत्रको प्रतिनिधित्व गर्ने प्रदेस सभा सदस्य ,बागमती प्रदेस कमिटी सदस्य ,नेकपा काठमाडौं जिल्ला कमिटि सदस्य ,नगर कमिटी सदस्य र जनप्रतिनिधिहरु संग भएको छलफलमा सो निर्देशन दिएका हुन।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेकपा काठमाडौंका अध्यक्ष कृष्ण राई ,प्रदेस सभा सदस्यहरु नारायण सिलवाल ,दिपक निरौला ,सिता अधिकारी ,सिता लामा ,नेकपा प्रदेस कमिटी सदस्य शिव कुमारी खनाल ,नगर प्रमुख ,उपप्रमुख लगायत काठमाडौं क्षेत्र नं ५ का नेता कार्यकर्ताहरुको सहभागिता रहेको सो छलफलमा संघीय,प्रदेस र स्थानीय सरकारका योजनाहरुका वारेमा पनि समिक्षा गरिएको थियो।

कार्यक्रममा रास्ट्रिय राजनीति बारे बोल्दै पोखरेलले वर्तमान समस्यालाई पार्टी पद्दती र संस्थागत प्रणालीलाई सबल तुल्याउने सम्वन्धमा यस अघि स्थायी कमिटी बैठकले गरेका निर्णयको धरातलमा उभिएर हेर्नुपर्ने बताउदै स्थायी कमिटी बैठकले गरेका निर्णयलाई इमान्दारीतापूर्वक कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

तपाइँको प्रतिक्रिया ।