Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/123304206_10221647374207417_5993985850895075278_o-e1604636317710.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

‘सडक सुरक्षा सम्बन्धि मन्त्रिस्तरिय स्टल्कहोल्म्स सम्मेलन’ बिषयक उच्चस्तरीय अन्तरक्रिया हुने

कपन अनलाइन 

काठमाडौं ,कार्तिक २१ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)ले सडक सुरक्षा सम्बन्धि मन्त्रिस्तरिय स्टल्कहोल्म्स सम्मेलन बिषयक उच्चस्तरीय अन्तरक्रिया हुने भएको छ ।  नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) लगायत दर्जनौ सरोकारवाला संस्थाहरुको संयुक्त आयोजनामा अनलाइन एप जुम मार्फत यहि नोभेम्बर ९ तारिख (कार्तिक २४ गते ) सोमबारका दिन सडक सुरक्षा सम्बन्धि मन्त्रिस्तरीय स्टल्कहोल्म्स सम्मेलन बिषयक उच्चस्तरीय अन्तरक्रिया  आयोजना हुने भएको हो ।Federation Internationale De ।‘ Automobile (FIA) तथा FIA Foundation द्वारा संचालित विश्व ब्यापी अभियान “This is My Street” लाइ निरन्तरता दिदै सोहि अन्तर्गत उक्त अन्तरक्रिया कार्यक्रम आयोजना हुने जसमा शहर व्यवस्थापनमा सडक फुटपाथ तथा साइकल लेन र पैदल यात्रीको सुरक्षा बारे छलफल हुने आयोजकले जानकारी गराएको छ ।

 विकास तथा प्रबिधि समितिको अध्यक्ष माननीय कल्याणी खड्का तथा नगरपालिका संघ नेपालका अशोक कुमार ब्यन्जु अतिथि रहेने सो कार्यक्रम नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालकी बोर्ड सदस्य ऋतु भट्ट राइ तथा नासा फाउन्डेसनका बोर्ड सस्य पुष्पराज पन्तले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ । साथै कार्यक्रममा यातायात व्यवस्था बिभागका महानिर्देशक गोगन हमाल, नेपाल इन्टरमोडल यातायात बिकास बोर्डका  कार्यकारी निर्देशक आशिष गजुरेल र उच्च माध्यमिक बिध्यालय संघ नेपालका सचिब रामहरी सिलवाल टिप्पणीकर्ताको रुपमा रहने पनि जानकारी गराइएको  छ  ।कार्यक्रमलाइ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोबिन्द भट्टराईले संयोजन गर्ने छन ।

सडक तथा यातायात क्षेत्रका बिभिन्न व्यक्तित्व गरि कुल ८० जना भन्दा बढीको सहभागिता रहने उक्त कार्यक्रम Stockholm Declaration तथा सडक सुरक्षा सम्बन्धि राष्ट्रिय  योजनाहरु बारे समेत छलफल हुनेछ ।स्मरण रहोस संयुक्त राष्ट्र संघले सडक सुरक्षा सम्बन्धि अभियान संचालन लागि २०२०/२०३० लाइ बिशेष दशकको रुपमा लिएको  नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)का अध्यक्ष दशरथ रिसालले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।