माकलबारी सानोपुल क्षेत्रमा बागमती नदि सरसफाई

माकलबारी सानोपुल क्षेत्रमा बागमती नदि सरसफाई

कपन अनलाइन

काठमाडौँ, कार्तिक २१। मंगलबार बिहान गोकर्णेश्वर ८ स्थित माकलबारी सानोपुलको बागमती नदि सरसफाई गरिएको छ । उक्त कार्यमा माकलबारी टोल सुधार समिती, प्रगती महिला समुह तथा लायन्स क्लबका सदस्यहरु सहित स्थानीयको उपस्थिति रहेको थियो ।उपत्यकामा कोरोना बढ्दै गएको अवस्थामा पनि भौतिक दूरी कायम गरेर सरसफाई गरिएको छ।सफाइमा जम्मा भएको कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको आयोजकले  जनाइएको छ ।

महामारी फैलिए पनि मानिसमा सफाइप्रतिको सचेतना नबढेको  तथा नदिमा फोहोरफाल्ने प्रबित्ति नरोकिएको बताउदै फोहरले कोरोना लगायत अन्य रोगव्याधि पनि बढ्ने भएकाले  सरसफाई गरिएको पनि आयोजकले जनाएको छ ।अवको आवश्यकता भनेको  नदीनाला सफा र सुन्दर बनाउने अभियानमा मात्र हामी सिमित हुनु हुँदैन।हाम्रो  वरिपरीको  सबै क्षेत्रमा फोहोर हुन नदिन बैकल्पिक योजना आवश्यकता भएको अभियन्ताहरु बताउछन ।अहिलेको समयमा कोरोनाको कारण विश्व महामारीको प्रकोपलाई झेल्दै छ। कोरोनाले मनुष्यलाई व्यक्तिगत सरसफाईप्रति पूर्ण व्यवहारिक ज्ञान दिन सफल भएको अभियन्ताको भनाइ रहेको छ ।

फोटो : आशिष तामाङ

तपाइँको प्रतिक्रिया ।