न्युछेलाई चुनिखेल प्यारो नगर प्रमुखलाई वडा नं दुई ,जनता सोध्छन कुसुम कार्की खोई ?

न्युछेलाई चुनिखेल प्यारो नगर प्रमुखलाई वडा नं दुई ,जनता सोध्छन कुसुम कार्की खोई ?

कपन अनलाइन

काठमाडौं ,कार्तिक २१।

काठमाडौं क्षेत्र नं ४ (२ ) मा बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडाहरु रहेका छन। बुढानिलकण्ठ नगरपालिकाका वडा नं १,२,८,९,१०,११ ,१२ र १३ रहेको यस क्षेत्रमा  संघीय,प्रदेस र स्थानीय सरकारले विभिन्न योजनाहरु संचालनमा रहेका छन।

एकै नगरपालिकाका ८ वटा वडा रहेको प्रदेस निर्वाचन क्षेत्रमा संचालनमा रहेका योजनाहरु हेर्दा कतिपय स्थानमा नेता विशेषको पहल र जोड प्रस्ट देखिने कति स्थानमा स्थानीयताको साँघुरो सोच पनि झल्किएको आभास हुने एक स्थानीय नेताले बताए।

काठमाडौं क्षेत्र नं ४ (२ ) मा बागमती प्रदेस सरकारले बिनियोजन गरेका योजनाहरुलाई हेर्दा बागमती प्रदेसका प्रदेस सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति न्युछे नारायण श्रेष्ठले वडा नं १३ चुनिखेललाई निकै प्राथमिकता दिएको छर्लंग देखिने ति नेताले बताए।आर्थिक वर्ष २०७७ /७८ मा बागमती प्रदेस सरकारका योजनामा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा ९ योजनाहरु संचालनमा रहेका छन।कतिपय वडाहरुमा १ योजना पनि मुस्किले परेको अवस्थामा एकै वडामा नौ वटा योजना पर्नु निकै अर्थ पूर्ण रहेको उनको बुझाइ रहेको छ।

कौडोल -तारेभिर सडक ,घट्ट सडक पुखुचा सडक ,नौलिन मावी र लामो समय देखि अलपत्र परेको सुवर्ण शमशेर क्रिकेट मैदान लगायतका  विभिन्न  योजनाहरुमा बागमती प्रदेस सरकारले बजेट बिनियोजन गरेको छ।

साविक चुनिखेल गाविसका अध्यक्ष समेत रहेका श्रेष्ठले हरेक पटक बजेट र योजनाका वारेमा छलफल गर्दा वडा नं १३ चुनिखेललाई पहिलो नम्बरमा राख्ने गरेको नेपाली कांग्रेस बुढानिलकण्ठका एक नेताले बताए। उनले  आफ्नो प्रदेस निर्वाचन क्षेत्रमा अन्य वडाहरु पनि छन भन्नेमा गम्भीरता नदेखाएको प्रति आश्चार्य प्रकट गर्दै ति नेताले यसले राजनीतिक ओजन घटाउने टिप्पणी गरेका छन।

त्यस्तै श्रेष्ठलाई वडा नं १३ प्यारो भए जस्तै नगर प्रमुख उद्दव प्रसाद खरेललाई पनि वडा नं २ प्यारो भएको चर्चा अहिले नगरपालिकामा चल्न थालेको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा अहिले धेरै ठुला पूर्वाधार विकासका योजनाहरु संचालनमा रहेका छन। सडक ,भवन ,उधान र धेरै सामाजिक विकासका योजनाहरु रहेको वडा नं २ मा नै संचार र सिर्जना ग्राम निर्माणको योजना नगर प्रमुख खरेलले अगाडी बढाएका छन।

साविक चपली गाविसका अध्यक्ष समेत रहेका नगर प्रमुख खरेलले तपस्थाली खुल्ला क्षेत्र व्यवस्थापन तथा योग केन्द्र , कालिका चौर पार्क , जेष्ठ नागरिक पार्क ,बीएम सी ए मार्ग ,पन्चकन्या मन्दिर परिसर पार्क ,बंदेली सामुदायिक भवन,वासीक मन्दिर संरक्षण,योग भवन लागयतका दर्जनौ योजनालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेका छन।

त्यस्तै अहिले बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडाबाट जनमत जित्दै विजयी बनेका बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्की हराएको भन्दै चोक चोकमा व्यंग्य हुन् थालेको छ। साविक महांकाल गाविसको अध्यक्ष रहेका काठमाडौं क्षेत्र नं ४ का पुर्व अध्यक्ष कार्की खासै सार्वजनिक कार्यक्रममा नदेखिएको नेकपाका एक नगर कमिटि सदस्यले बताए । निर्वाचित सांसद सक्रिय नबन्दा यसले पार्टी र जनता विचको सम्पर्क पुल टुटेकोमा दुख ब्यक्त गर्दै ति सदस्यले सांसद उदासिन बन्दा कार्की प्रतिको विस्वास र उनको व्यक्तित्वमा  ह्रास आउने तर्फ सचेत हुनुपर्ने धारणा राखेका छन।

मत केन्द्रित व्यक्तिगत भेटघाटलाई प्राथमिकतामा राख्दै आएका प्रदेस सभा सदस्य कार्कीले स्थानीय निर्वाचनमा नेकपाले क्लिन स्विप गरेको आफ्नो क्षेत्रमा अहिले सम्म देखिने अभियान गर्न नसक्नु सोचनिय विषय रहेको एक जिल्ला सदस्यले बताए। कार्यकर्ताको अभिमत र जनताको अमुल्य मत प्राप्त गरेर संसद सम्म पुगेका प्रतिनिधि सधै  ब्यापक अभियान सहित जनताको विचमा पुग्नुपर्नेमा त्यसो नहुँदा धेरै प्रश्न जन्मिएको उनको धारणा रहेको छ।

उनको टिप्पणीमा उनले सामना गर्दै आएको प्रश्नको पीडाले दिएको निरासा प्रस्ट झल्किन्थ्यो। सायद त्यो काठमाडौं ४(२) का क्षेत्रवासीको प्रश्न हाम्रो निर्वाचन क्षेत्र बाट विजयी प्रदेस सभा सदस्य कुसुम कुमार कार्की खोई ?

 

 

 

 

तपाइँको प्रतिक्रिया ।