बुढानिलकण्ठ नगरपालिकामा भौतिक पूर्वाधार विकासका लागि ७१ करोड ६० लाख

बुढानिलकण्ठ नगरपालिकामा भौतिक पूर्वाधार विकासका लागि ७१ करोड ६० लाख

कपन अनलाइन

काठमाडौं ,कार्तिक २०।

बुढानिलकण्ठ नगरपालिकामा भौतिक पूर्वाधार विकासका लागि ७१ करोड ६० लाख रकम बिनियोजन गरिएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको वार्षिक नगर विकास योजनामा कुल बजेट २ अर्ब ६७ करोड ५१ लाख ३२ हजार को ६३.६५ प्रतिसत रकम भौतिक पूर्वाधार विकासका लागि बिनियोजन गरिएको हो।

भौतिक पूर्वाधार तर्फ सडकका लागि २१ करोड ६५ लाख बजेट बिनियोजन गरिएको छ भने सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि १७ करोड ५ लाख बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै विभिन्न सडक मर्मत तथा संभारका लागि ३ करोड ५० लाख बजेट बिनियोजन गरिएको छ भने अन्य विषय गत क्षेत्रभित्र पर्ने निर्माणका लागि २९ करोड ४० लाख बजेट बिनियोजन गरिएको छ ।

यसमा सबै विषयगत क्षेत्र अनतर्गत गरिने भौतिक पूर्वाधार निर्माणलाई एकीकृत गरी भौतिक पूर्वाधार तर्फ समावेस गरिएको बुढानिलकण्ठ नगरपालिकाले जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।