Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/123289890_847690376050446_1213674423714364849_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौं दर्पणले शनिबार रक्तदानको साथै मधुमेह सचेतना गर्ने

कपन अनलाइन

काठमाडौं ,कार्तिक २० ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तरगतको लायन्स क्लब अफ काठमाडौं दर्पणले बृहत रक्तदान कार्यक्रमको साथै मधुमेह सचेतना दिने भएको छ।  नियो निम्बस बचत तथा तथा ऋण सहकारी संस्था  कागेश्वरी मनोहरा नगरपालिका ६  संगको सहकार्यमा कार्तिक २२ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ७ शिव चोक स्थित डुकु कम्प्लेक्समा बिहान १० बजे देखि दिउसो २ बजे सम्म  स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित तवर बाट आयोजना हुने उक्त रक्तदान  कार्यक्रममा सहभागी भई रक्तदान गर्नको लागि आयोजकले अनुरोध गरेको छ।

सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब अफ काठमाडौं दर्पणले  सोहि दिन सोहि स्थानमा मधुमेह रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम समेत गर्ने भएको छ। लायन्स क्लबले मधुमेहको क्षेत्रमा पनि काम गर्दै आएको छ। सन्तुलित खानपानसँगैको विलासी जीवनका कारण मधुमेह रोगीको सङ्ख्या नेपालमा पनि  बढ्दै गएको छ ।  मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि बिभिन्न कार्यक्रम गरि उक्त दिवस मनाउने  गरिन्छ। विश्व मधुमेह दिवसको पुर्व सन्ध्यामा  लायन्स क्लब अफ काठमाडौं दर्पणलेकार्तिक २२ गते शनिबार डुकु कम्प्लेक्समा  मधुमेह  सचेतनाका कार्यक्रम  समेत  राखिएको एरिया कोर्डिनेटर लायन अच्युत बिष्टले  कपन अनलाइनलाइ बताए  ।

तपाइँको प्रतिक्रिया ।