गोकर्णेश्वर नगरपालिकामा कार्तिक १७ गते सम्ममा १९ जना कोरोना संक्रमितको मृत्यु
कपन अनलाइन
काठमाडौं, कार्तिक २० । गोकर्णेश्वर नगरपालिकाले कार्तिक १८ गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ। जस अन्तर्गत कार्तिक १७ गते सम्म पुरुष ७९४ जना र महिला ६८६ जना गरि कुल १४सय ८० जना कोरोना संक्रमित रहेको उल्लेख गरेको छ ।साथै कार्तिक १७ गते सम्म पुरुष ५८९ र महिला ५१७ जना गरि कुल ११ सय ६ जनाले कोरोना जितेको उल्लेख गरेको छ। त्यसै गरि नगरपालिका भित्रका १० जना पुरुष र ९ जना महिला गरि कुल १९ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ।
कार्तिक १७ गते सम्ममा १९५जना पुरष र १६० जना महिला गरि कुल ३५५जना सक्रिय कोरोना संक्रमित रहेको समेत उलेल्ख गरेको छ। त्यसै गरि होम आइसोलेसनमा १९०जना पुरुष र १५३ जना महिला गरि कुल ३४३ जना रहेको, त्यसै गरि अस्पतालमा ५ जना पुरुष र ७ जना महिला गरि कुल १२ जना रहेको मध्ये क्रिटिकल केयरमा १ पुरुष र ३ जना महिला गरि जम्मा ४ जना रहेको समेत उल्लेख गरेको छ ।
त्यसैगरि नगरपालिकाले हाल सम्म ६४२ जना पुरुष र २२५ जना महिला गरि कुल ८६७जनाको आर डीटि परिक्षण गरेको र हाल आर डीटि परिक्षण स्थगित गरिएको जानकारी गराएको छ भने नगरपालिकाले १५५५जनापुरुष र १४२९जना महिला गरि कुल २९८४जनाको पी सी आर परिक्षण गरेको उल्लेख गरेको छ ।त्यसै नगरपालिकाले ३३१९जनाको कन्ट्याक्ट ट्रेसिंग गरेको जसमा ३४१जनाको कोरोना पोजेटिभ देखिएको समेत उल्लेख गरेको छ ।