व्यवस्थित बसपार्क नहुँदा बुढानिलकण्ठ-११ पैयाटारको सडकमै पार्किङ

व्यवस्थित बसपार्क नहुँदा बुढानिलकण्ठ-११ पैयाटारको सडकमै पार्किङ

कपन अनलाइन

काठमाडौं कार्तिक १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैयाटारमा  सार्वजनिक यातायातको लागी व्यवस्थित बसपार्क नहुँदा सडकलाई नै बसपार्क बनाइएको छ। सार्वजनिक सवारी साधन चलेको लामो समय हुँदा पनि अहिले सम्म सो क्षेत्रमा  बसपार्क  नहुँदा सडकमा नै  बसपार्क बनाइएको हो।

सार्वजनिक यातायात संचालन भए संगै खुसि हुदै सेवा लिएका स्थानीयहरुले  व्यवस्थित बसपार्क हुनुपर्ने माग गरे पनि हालसम्म कुनै ठोस योजना बनाइएको छैन। कपन क्षेत्रको पुरानो यातायात कपन बंगलामुखी यातायात प्रालिले सार्वजनिक सडकलाई नै पार्किङका रुपमा प्रयोग गर्दा सो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयहरुले पटक पटक विरोध गर्दा पनि बस चालक र व्यवसायीले अटेर गर्दै आएका छन ।

सो क्षेत्रमा अव्यवस्थित रुपमा सार्वजनिक सवारीको पार्किङ बनाउँदा प्राकृतिक सुन्दरतामा समेत नकारात्मक असर पर्नुका साथै  पटक पटक विभिन्न दुर्घटना र घटना समेत हुने गरेको भन्दै  यसको उचित सामाधान खोज्नका लागि सरोकारवाला पक्ष समक्ष माग गरेपनि हाल सम्म यसको ठोस समाधान नखोजिएको भन्दै स्थानीयहरुले दुख ब्यक्त गरेका छन ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ (कपन क्षेत्र ) मा धेरै सार्वजनिक सवारी साधनले सेवा प्रदान  गर्दै आएपनि कुनै पनि वडामा हालसम्म व्यवस्थित बसपार्क निर्माण गरिएका छैनन।यी वडाहरुका सगरमाथा चोक,बालुवाखानी ,कृष्णमन्दिर,राममन्दिर ,पैयाटार ,नवदुर्गा निलो माइक्रो बसपार्क ,फ्रेन्डशिप क्लव  लगायतका स्थानमा सडकलाई नै बसपार्क बनाइएको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।