पर्यटकीय गन्तब्य बन्दै लोकतान्त्रिक शहिद उद्यान कागेश्वरी

पर्यटकीय गन्तब्य बन्दै लोकतान्त्रिक शहिद उद्यान कागेश्वरी

कपन अनलाइन

काठमाडौं ,कार्तिक १९। काठमाडौंको कोलाहल भिड बाट अलिकति फुर्सद निकालेर घुम्ने मन कसको नहोला?पछिल्लो समय सहरी क्षेत्रका मानिसहरु शहरभन्दा केही परको क्षेत्र घुम्न जाँने प्रचलन बढ्दो छ ।

विदा वा फुर्सदको समयमा हाइकिङ जाने संस्कृतिमा समेत  विकास भएको  छ  । शहरको धुँवा, धुलो र  कोलाहल बाट दिक्क भइरहँदा शरीर र मतिस्क दुवैलाइ पुनर्ताजकी  बनाउनकै लागि पनि धेरैजसो मानिसहरु  पदयात्रामा जाने  गर्छन् ।हाल कोरोना महामारीका कारण पदयात्रा  ,भ्रमण अवरुद्द भएपनि  स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई काठमाडौं नजिकका डाँडा काँडाका  भ्रमणमा  जान थालेका छन ।एक दिनको भ्रमणको  लागि उपत्यकावासीको रोजाइमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा रहेको कागेश्वरीधाम र लोकतान्त्रिक शहिद उद्यान  पर्न थालेको छ  ।

काठमाडौं बाट नजिकको  दुरीमा रहेको सो स्थान बाट   सुर्यदय र सुर्यास्तको साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन   गर्न सकिन्छ  ।उकालो चढ्दा  थकाई लागे पनि मनमोहक दृष्य र प्राकृतिक सुरन्दरता सबैको मानसपटलमा ताजा हुने हुँदा यात्रा सहजै उद्यान  सम्म गर्न सकिन्छ।

काठमाडौंको रत्नपार्क  बाट करिब २० किलोमीटर  र  गागलफेदीबाट ५ किलोमिटरको दूरीमा रहेको   लोकतान्त्रिक शहिद उद्यान अहिले  आन्तरिक पर्यटकहरुको चहलपहल देख्न सकिन्छ ।केहि वर्ष अघि सम्म बाँझो रहेको सो स्थान जनप्रतिनिधि आएपछि त्यसको  पूर्वाधारहरु  विकास गर्ने क्रममा  उद्यान  निर्माण गरिएको हो ।गागलफेदीदेखि बाट करिब दुइ दुई घन्टाको हिँडाइमा  पुग्न सकिने सो स्थानमा धेरै  आन्तरिक पर्यटकहरु घुम्न आउने गरेको  स्थानीय बताउछन,  त्यसैलाई मध्यनजर गर्दै अहिले सो क्षेत्रमा पर्यटकहरुको सुबिधामा ध्यानमा राखेर नया नया होटल बिश्रामस्थलहरु समेत खुल्न थालेका छन।

विशेष गरी काँठ क्षेत्रको प्राकृतिक सुन्दरता अवलोकन गर्दै पुग्न सकिने सो स्थान नजिकै कागेश्वरी मनोहरा नगरपालिकाको नामाकरण समेत भएको कागेश्वरी महादेवको मन्दिर समेत रहेको छ । जुन मन्दिरमा  भाद्र शुल्क अष्टमी अर्थात कागेअष्टमीको  दिनमा मेला  लाग्ने गर्दछ  ।सो क्षेत्रमा  पर्यटकहरुको सहजताका लागि  सडक निर्माण देखि अन्य  पूर्वाधार बिकासका कामले समेत गति लिएको छ  सो क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलको रूपमा विकास गर्दै जाने योजना बनाएको  कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले बताएका छन ।  सहिद स्तम्भ निर्माण गर्ने, अन्य मनोरञ्जन स्थल निर्माण गर्ने र कागेश्वरी मन्दिर क्षेत्रको पनि विकास गर्दै लाने तयारी  गरेको  उनले बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।