बुढानिलकण्ठ -१२ मा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार

बुढानिलकण्ठ -१२ मा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार

कपन अनलाइन

काठमाडौं ,कार्तिक १९।

बुढानिलकण्ठ -१२ मा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार शुरु गरिएको छ।वडा नं १२ मा मेलम्ची खानेपानी आयोजनाको खानेपानी लाइन विस्तार गर्ने क्रममा खरिबोट देखि फैका चोक सडक खण्डमा पाइप बिछ्याउन शुरु गरिएको हो।

विभिन्न भूमिगत श्रोत र महांकालको खानेपानी योजनामा निर्भर रहेका वडा नं १२ का जनतालाई दिगो रुपमा खानेपानीको सेवा उपलव्ध गराउन सो योजनालाई प्राथमिकतामा राखेर अगाडी बढाएको वडाले जानकारी दिएको छ।

मुख्य सडक संगै वडाका अन्य स्थानमा पनि पाइप लाइन विस्तार तथा संजालमा जोडिने जानकारी वडा नं १२ ले दिएको छ।

तपाइँको प्रतिक्रिया ।